मोरङका मुक्तककार बाबुराम पोखरेल मकवानपुरमा सम्मानित

मकवानपुर, २४ चैत । मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) ले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । झरनाकाे ३ सय २ औं श्रृङ्खलामा शनिबार पोखरेललाई १५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘शिव-सावित्री अधिकारी स्मृति साहित्य सम्मान’द्वारा सम्मानित गरिएकाे हाे । यसैगरी झसापले यसअघि सार्वजनिक गरेका उत्कृष्ट १० मुक्तकारमध्ये ज्ञानदीप शिक्षा निकेतन […]
राजेश हमालबाट नानीबाबु दीक्षित हुँदा अभिभावक खुसी

भरतपुर, २४ चैत । भरतपुर महानगरपालिका ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गरेको छ । शनिबार भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक भव्य कार्यक्रमबीच मन्टेश्वरीले १२औं दीक्षान्त समारोह सम्पन्न गरेको हो । नायक राजेश हमालको प्रमुख आतिथ्य र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको विशेष उपस्थितिमा साना नानीबाबुहरुलाई दीक्षित गराइएको हो । […]
चितवनमा ४३ जना पत्रकारलाई पुरस्कार एवम् सम्मान

चितवन, २४ चैत । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले भव्य समारोहको आयोजना गरी ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ । विसं २०५६ साल वा त्यसभन्दा अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्वअध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो । शनिबार भरतपुरमा आयोजना गरिएको […]
नवलपुर विद्युत व्यवसायी सङ्घको वार्षिक साधारणसभा

गैंडाकोट, २४ चैत । नवलपुर विद्युत व्यवसायी सङ्घले आफ्नो चौथो वार्षिक साधारणसभा पिप्रहर होमस्टे ग्रामको सभाहलमा शनिबार सम्पन्न गरेको छ । नेपाल विद्युतीय महासङ्घका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी प्रमुख अतिथि रहेको सभामा महासङ्घका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, महासघका पूर्व अध्यक्ष तेजनारायण खरेल, महासंघ सदस्य राजेश गौतम, बागमती प्रदेश संयोजक सरोजकुमार रेग्मी, गण्डकी प्रदेश सचिव गिरिराज […]
गायक स्व. अनिश गुरुङ प्रति श्रद्धाञ्जली व्यक्त

भरतपुर, २४ चैत । गीत सङ्गीतको माध्यमबाट सङ्गीतप्रेमीहरुको मन जित्न सफल ट्रोक्सी ब्याण्डका भोकलिस्ट स्व.अनिश गुरुङ को १३ औँ दिनको पूण्यतिथिको अवसरमा शिवनगर युवा क्लब, पावतीपुर युवा क्लब, रामपुर लगायतपश्चिम चितवनका युवाहरुले संयुक्तरुपमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुवा कर्ण गुरुङ र आमा देबु गुरुङका सुपुत्र स्व.अनिश गुरुङको स्कुटी दुर्घटना भै गत चैत १२ गते […]
नवदुर्गा भवानी साकोसको शुभकामना आदानप्रदान तथा वार्षिक योजना निर्माण कार्यक्रम

भरतपुर, २४ चैत । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर -५, कैलाशनगरले नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान तथा वार्षिक योजना निर्माण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा सदस्यहरूबिच शुभकामना आदानप्रदान गर्दै २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । साथै संस्थाको शिक्षा उपसमितिका सदस्य गणेश श्रमणद्वारा लिखित कविता कृति `आगो लिएर गाउँगाउँमा´को पनि […]
कुर्घा-चितवन-नवलपुर सम्पर्क समाजद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

भरतपुर, २४ चैत । कुर्घा-चितवन-नवलपुर सम्पर्क समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेकाे छ । संस्थाले बिगतमा जस्तै याे वर्ष पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ । सम्मान कार्यक्रममा ९७ वर्षीया पद्मावती पाैडेल( पदमानन्द सरस्वती)काे हातबाट नयाँ वर्ष २०८१ को भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ । पर्वत जिल्लाकाे कुर्घाबाट बसाइसराइ गरी चितवन र नवलपुर क्षेत्रमा बसाेबास गरिरहेका […]
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २५ गतेदेखि

मकवानपुर, २४ चैत । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २५ गते आइतबारदेखि हुने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता हुने भएकाे हाे । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन […]
नारायणगढमा सडक मानवको मृत्यु
भरतपुर, २४ चैत । भरतपुर महानगरपालिका- ३ मा १ जना व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ । प्रहरीका अनुसार उनको शव भरतपुर अस्पतालमै रहेको र नाम, थर […]
रामहरि श्रेष्ठ हत्या प्रकरणका मुख्य योजनाकार खाम पुर्पक्षका लागि जेल चलान

भरतपुर, २४ चैत । जिल्ला अदालत चितवनले नेकपा (एमाले) निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भएको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि चेल चलान गरेको छ । शुक्रवार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठको हत्या मुद्दामा खामलाई जेल चलान गर्न आदेश दिइएको हो । […]
भरतपुर अस्पतालको वार्षिकोत्सवमा बिरामीलाई पौष्टिक आहार र सरसफाई सामग्री
भरतपुर, २४ चैत । भरतपुर अस्पतालले आफ्नो ६८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईरहेको छ । यसै सन्दर्भमा शुक्रबार अस्पतालको ज्येष्ठ नागरिक वार्डमा रहेका बिरामीहरुलाई पौष्टिक आहार तथा सरसफाई सामग्री वितरण गरिएको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार उक्त वार्डमा रहेका २० जना बिरामीलाई हर्लिक्स, साबुन, काईँयो, नङकटर, पेष्ट, ब्रसलगायतका सामग्री वितरण […]