भरतपुर, २४ चैत ।
गीत सङ्गीतको माध्यमबाट सङ्गीतप्रेमीहरुको मन जित्न सफल ट्रोक्सी ब्याण्डका भोकलिस्ट स्व.अनिश गुरुङ को १३ औँ दिनको पूण्यतिथिको अवसरमा शिवनगर युवा क्लब, पावतीपुर युवा क्लब, रामपुर लगायतपश्चिम चितवनका युवाहरुले संयुक्तरुपमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुवा कर्ण गुरुङ र आमा देबु गुरुङका सुपुत्र स्व.अनिश गुरुङको स्कुटी दुर्घटना भै गत चैत १२ गते निधन भएको थियो । भरतपुर -१५, सूर्यनगर निवासी स्व. अनिश गुरुङको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो ।





