राजेश हमालबाट नानीबाबु दीक्षित हुँदा अभिभावक खुसी

भरतपुर, २४ चैत ।

भरतपुर महानगरपालिका ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गरेको छ । शनिबार भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक भव्य कार्यक्रमबीच मन्टेश्वरीले १२औं दीक्षान्त समारोह सम्पन्न गरेको हो ।
नायक राजेश हमालको प्रमुख आतिथ्य र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको विशेष उपस्थितिमा साना नानीबाबुहरुलाई दीक्षित गराइएको हो ।

समारोहमा मन्टेश्वरीमा अध्ययनरत १९ जना नानीबाबुहरुलाई दीक्षित गराएर मन्टेश्वरीबाट विदाई गरिएको छ । उनीहरु अब अन्य विद्यालयमा जानेछन् । नर्सरीका ६३ जना, एलकेजीका ६० जना, युकेजीका २५ जनालाई समेत दीक्षित गराइएको छ । उनीहरु क्रमशः मन्टेश्वरीकै माथिल्लो कक्षामा जानेछन् ।

राजेश हमालको हातबाट दीक्षित हुन पाउँदा बच्चा र अभिभावकहरुले खुसी व्यक्त गरेका थिए । समारोहमा राजेश हमालले आफ्ना भनाईहरु राखेका थिए भने कालीप्रसाद बास्कोटाले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । उनीहरुले नाच्ने र गाउने गरेका थिए । मन्टेश्वरीबाट बिदाई हुने १९ जना नानीबाबुलाई जीपमा र राजेश हमाललाई घोडाको बग्गीमा राखेर पञ्चे बाजासहित भरतपुर ११ का केही टोलहरुमा परिक्रमा समेत गराइएको थियो ।

सञ्चारकर्मी महिमा पण्डी भट्टराईले संचालन गरेको कार्यक्रममा मन्टेश्वरीकी संस्थापक जानकी खड्का, अभिभावक, मन्टेश्वरीका प्रतिनिधि, शुभचिन्तकलगायतको उपस्थिति रहेको थियो ।

मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले स्टार्स मन्टेश्वरी नयाँ नयाँ ट्रेण्ड ल्याउने मन्टेश्वरीभित्र पर्ने बताए । साना नानीबाबुहरुलाई भव्य समारोहका बीच दीक्षित गराउनु पनि त्यसै मध्येको एक हो । मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहने र त्यसलाई अरुले पनि पछ्याउँदै जाने गरेको रानाको भनाई छ ।

मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ ।

मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु पढाइ लेखाइ साथसाथै अतिरिक्त क्रियाकलापहरुमा अब्बल ठहरिँदै आइरहेका छन् । मन्टेश्वरीबाट विदाई भएर चितवनसहित काठमाडौं र अन्य क्षेत्रका विद्यालयमा पुग्दा ती विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल देखिएको राना बताउँछन् ।

जहाँबाट तपाईंका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी वि.सं. २०६७ सालमा स्थापना भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट