रामहरि श्रेष्ठ हत्या प्रकरणका मुख्य योजनाकार खाम पुर्पक्षका लागि जेल चलान

भरतपुर, २४ चैत ।
जिल्ला अदालत चितवनले नेकपा (एमाले) निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भएको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि चेल चलान गरेको छ ।

शुक्रवार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठको हत्या मुद्दामा खामलाई जेल चलान गर्न आदेश दिइएको हो ।

विगत १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका ‘विविध’ भनिने खाम यही मंगलवार काठमाडौंबाट पक्राउ परेका थिए ।  लामो समयदेखि माओवादी केन्द्रकै संरक्षणमा रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो ।

कोटेश्वरका व्यवसायी श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने यसअघि नै रिहा भइसकेका छन् ।

२०६५ भदौ १५ मा कोटेश्वरबाट व्यापारी श्रेष्ठको अपहरण भएको थियो । उनलाई खामको निर्देशनमा अपहरण गरेर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा राखिएको थियो ।

माओवादी लडाकुहरूले श्रेष्ठलाई कुटपिट गरी गम्भीर घाइते बनाएर नारायणी नदीमा फालेका थिए । २८ वैशाख २०६५ मा उनको शव भेटिएको थियो ।

त्यसपछि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले श्रीमानको अपहरण गरी हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

खाम त्यतिबेला शक्तिखोरस्थित माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर थिए । खामसँगै, बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट