स्टार्स मन्टेश्वरीका नानीबाबुलाई दीक्षित गर्न राजेश हमाल आउने

भरतपुर, २२ चैत ।
भरतपुर महानगरपालिका वडा नम्बर- ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गराउने भएको छ ।

चैत २४ गते शनिबार भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक कार्यक्रमकाबीच मन्टेश्वरीले १२औँ दीक्षान्त समारोह गर्न लागेको हो । दीक्षान्त कार्यक्रममा नेपाली सिने जगतका महानायक राजेश हमाल र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको समेत उपस्थिति रहने मन्टेश्वरीले जनाएको छ । समारोहमा उनीहरुको प्रस्तुति रहने छ । कार्यक्रम सञ्चालन सञ्चारकर्मी महिमा पण्डी भट्टराईले गर्नेछिन् ।

राजेश हमालको हातबाट दीक्षित हुन पाउँदा बच्चाहरु खुसी हुने हुँदा उनीहरुको खुसीको लागि भव्य तरिकाले कार्यक्रम गर्न लागिएको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले बताए । रानाका अनुसार कार्यक्रममा विद्यार्थीहरुले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, मन्टेश्वरीका प्रतिनिधि र शुभचिन्तकहरुलाई सहभागी गराइने छ ।

उक्त दिन मन्टेश्वरीमा अध्ययनरत नर्सरीका ६३ जना, एलकेजीका ६० जना, युकेजीका २५ जनालाई दीक्षित गराई क्रमशः माथिल्लो कक्षामा लगिने छ । साथै १९ जना नानीबाबुहरु दीक्षित भई मन्टेश्वरीबाट विदाई भएर अन्य विद्यालयमा जानेछन् ।

साथै कार्यक्रमका दिन बिदाई हुने १९ जना नानीबाबुलाई जीपमा र राजेश हमाललाई घोडाको बग्गीमा राखेर पञ्चे बाजासहित भरतपुर ११ का केही टोलहरुमा परिक्रमा गराइने छ ।

स्टार्स मन्टेश्वरी नयाँ नयाँ ट्रेण्ड ल्याउने मन्टेश्वरीभित्र पर्दछ । साना नानीबाबुहरुलाई भव्य समारोहकाबीच दीक्षित गराउनु पनि त्यसै मध्येको एक भएको मन्टेश्वरीका प्रबन्ध निर्देशक रानाले बताए । मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहने र त्यसलाई अरुले पनि पछ्याउँदै जाने गरेको रानाले बताए ।

मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ ।

मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु पढाइ लेखाइ साथसाथै अतिरिक्त क्रियाकलापहरुमा अब्बल ठहरिँदै आइरहेका छन् । मन्टेश्वरीबाट विदाई भएर चितवनसहित काठमाडौं र अन्य क्षेत्रका विद्यालयमा पुग्दा ती विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल देखिएको राना बताउँछन् ।

जहाँबाट तपाईंका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी वि.सं. २०६७ सालमा स्थापना भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट