रत्ननगरका मेयर सापकोटाले सरकारी गाडी नचढ्ने

रत्ननगर, २२ चैत । चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले सरकारी गाडी नचढ्ने भएका छन् । रत्ननगर वडा नम्बर ६ स्थित बछाैली माविमा बिहीबार आयाेजित नगरपालिकाकाे चालू आर्थिक वर्षकाे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर सापकोटाले सरकारले व्यवस्था गरेकाे सरकारी गाडी नचढ्ने बताएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखकाे सहजताकाे लागि सवारी साधन व्यवस्था […]
ललितपुर उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

भरतपुर, २२ चैत । उद्योग वाणिज्य संघ–चितवनले लालितपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बर्जचार्यकोे नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त […]
मेयर कप फुटबलको मुख्य प्रायोजकका लागि सेन्ट्रल कलेजसँग सम्झौता

भरतपुर, २२ चैत । भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरसँँग सम्झौता भएको छ । प्रतियोगिताका लागि भरतपुर महानगर र सेन्ट्रल कलेजबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र सेन्ट्रल कलेजका तर्फबाट प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले हस्ताक्षर […]
स्टार्स मन्टेश्वरीका नानीबाबुलाई दीक्षित गर्न राजेश हमाल आउने

भरतपुर, २२ चैत । भरतपुर महानगरपालिका वडा नम्बर- ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गराउने भएको छ । चैत २४ गते शनिबार भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक कार्यक्रमकाबीच मन्टेश्वरीले १२औँ दीक्षान्त समारोह गर्न लागेको हो । दीक्षान्त कार्यक्रममा नेपाली सिने जगतका महानायक राजेश हमाल र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको […]
एलजीको नयाँ वर्ष उपहार योजना : ४० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौँ, २२ चैत । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाख रुपैयाँको दुर्घटना बीमा, तथा लक्की ड्र […]