मकवानपुर, १८ चैत ।
मकवानपुर जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । मकवानपुरकाे बागमती गाउँपालिका बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा शनिबार र आइतबार भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे हाे ।
जिल्लाकाे बागमतीमा करेन्ट लागेर देबराम रुम्बाकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । आइतबार विहान बागमती ८ कायर बस्ने अन्दाजी ५०/५५ वर्षीय रुम्बा आफ्नै घर अगाडीको बारीमा मकै हेर्न जादाँ भुईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागि घट्नास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसै गरी बकैयामा भिरबाट लडी स्थानीय पूर्णिमा बोम्जनकाे मृत्यु भएको छ । शनिबार विहान बकैया ६ ठुलोसुधा बस्ने सन्दिप भोम्जनको छोरी अन्दाजी ८ वर्षीया पूर्णिमा घरबाट निस्कि हिँडेकाेमा आफन्तले खोज्दै शनिबार बेलुका आफ्नै घरदेखि पश्चिममा रहेको बाघ भैरव सामुदायिक वनको सुधाभिरबाट २०० मिटर तल खसी मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी टोली घटनास्थलमा पुगी बुझ्दा पूर्णिमाकाे मानसिक सन्तुलन ठिक नभएको पाइएकाे छ ।
यस्तै प्रहरीका अनुसरा हेटौंडामा सवारीकाे ठक्करबाट ज्ञाने सुनारकाे मृत्यु भएकाे छ । शनिबार बेलुका हेटौंडा ११ नवलपुरस्थित चन्द्रसूर्य पेट्रोल पम्प नजिक महेन्द्र राजमार्ग सडकखण्डमा प्रदेश १-०२-०१ ज ४३०० नम्बरको टाटा सुमोले हेटौंडा ११ शान्तिचाेक बस्ने ३५ वर्षीय राईलाई ठक्कर दिँदा घाइते भएका थिए । उनलाई उपचारकाे लागि हेटौंडा अस्पताल लगिएकाेमा शनिबार राती उपचारकाे क्रममा डाक्टरले मृत घाेषणा गरेका थिए ।
राईलाई ठक्कर दिने सुमाेकाे सीसीटीभीबाट पहिचान भएकाे प्रहरीले जनाएकाे छ । सुमाे चालक मोरङ ग्रामथाङ नगरपालिमा ७ बस्ने ३६ वर्षीय चेतनाथ सापकोटालाई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले नियन्त्रणमा लिइ सोही कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।





