ईस्टर सन्डेका अवसरमा भरतपुरमा र्‍याली

भरतपुर, १८ चैत ।
विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाइरहेका छन् । इस्टर सन्डेको अवसरमा भरतपुरमा र्‍यालीको आयोजना गरिएको छ । भरतपुरको विशाल चोकबाट शुरु गरिएको इष्टरको र्‍याली चनौली नजिकै रहेको गुञ्जनगर हाटबजारको चउरमा पुगेर समापन गरिएको थियो ।

इसाई धर्मगुरु येशूलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन येशूको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिनपछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो ।

इस्टर सन्डेलाई येशूको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । त्यसैले आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन्  जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।

महानगरीय ख्रीष्टिय समाज भरतपुरको आयोजनामा गरिएको कार्यक्रमलाई पास्टर राजु परियारले सञ्चालन गरेका थिए ।भरतपुर महानगरपालिका कि मेयर रेनु दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा धर्म निरपेक्ष राष्ट्रमा इसाईको ठूलो महत्त्व रहेको र आफू नगरको प्रमुख रहेको कारण आफ्नो तर्फबाट इसाईको हकहितका लागि सहयोग गर्न आफू सदैव तत्पर रहेको बताइन् । पूर्व उपमेयर पार्वती शाह समेतको उपस्थिति रहेको कार्यक्रममा शाहले राज्यले अरु धर्मावलम्बीलाई जस्तै इसाइलाई समान व्यवहार नगरेको , इसाईको हकहित बारे राज्य मौन रहेको बताइन् । कार्यक्रममा बागमती प्रदेश सांसद माया श्रेष्ठकोसमेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता रेभ: पास्टर किरण खातीले गरेका थिए भने रेभ: पास्टर हरिकुमार खातीले परमेश्वरको वचन बोलेका थिए । उनले इष्टरको महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा स्तुति -प्रशंसा लगायत विभिन्न नृत्यहरुको समेत प्रस्तुति गरिएको थियोे । कार्यक्रममा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित समापनको अन्तिम प्रार्थना नगरका अध्यक्ष रेभ: पास्टर किरण खातीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट