घरबहाल उपभोक्ता मञ्चको बधाई

भरतपुर, १७ फागुन ।
घर बहाल उपभोक्ता मञ्च चितवनले घर बहाल सरोकार महासंघको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकाहरुलाई बधाई तथा शुभकामना एवं सम्मान गरेको छ ।

घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष नवराज न्यौपाने, उपाध्यक्ष ताराप्रसाद तिवारी, सचिव सुरेन्द्र केसी, केन्द्रीय सदस्य हरि भट्टलाई बधाई तथा सम्मान गरिएको हो ।

महासंघका अध्यक्ष न्यौपानेले घर बहाल कर घरधनीले नै तिर्नुपर्नेमा जोड दिए । जसले आम्दानी गर्छ उसले कर तिर्ने हो भन्दै उनले करको दरभन्दा पनि दायरा बढाउनेतर्फ सरकारले ध्यान दिनु पर्ने उनको भनाई थियो ।

मञ्चका अध्यक्ष जनकलाल कट्टेल, संस्थापक अध्यक्ष हेमराज पौडेल, पूर्वअध्यक्ष हरि शर्मालगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा घरबहाल उपभोक्ता मञ्च चितवनका प्रथम उपाध्यक्ष विक्रम सापकोटाले घर, सटर, कोठा तथा जग्गा बहालमा लिएर व्यवसाय गर्दै आएका व्यवसायी र घर तथा जग्गा धनिको विचमा उत्पन्न विवाद समाधानको विषयमा मञ्चले गर्दै आएका कामको वारेमा जानकारी गराउँदै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद उपाध्याय पौडेल, उपाध्यक्ष दिपा शाही, सदस्यहरु सन्तोष देवकोटा, यज्ञबहादुर कार्की, अर्जुन लामिछाने, नवराज सुवेदी, जितबहादुर विक, अनिता शाक्यलगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट