अङ्कुरम् एकेडेमीको पुस्तक समीक्षा शृङ्खला सकियो

भरतपुर, १७ चैत ।
भरतपुर-७ अवस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ११ (व्यवस्थापन संकाय) का विद्यार्थीहरुद्वारा प्रस्तुत पुस्तक समीक्षाको अन्तिम शृङ्खलासँगै यस शैक्षिक सत्रको पुस्तक समीक्षा शृङ्खला समापन गरिएको छ ।

अन्तिम शृङ्खलामा कक्षा ११ (व्यवस्थापन संकाय) का २४ जना समीक्षकहरुको विभिन्न अंग्रेजी पुस्तकहरुमा समीक्षा रहेको थियो । अधिकांश विद्यार्थीहरुले अंग्रेजी भाषामा प्रकाशित सेल्फ हेल्प वा लाइफ कोच पुस्तकहरुमाथि समीक्षात्मक प्रस्तुति दिएका थिए ।

समीक्षा शृङ्खलामा अधिकांश विद्यार्थीहरुको रोजाइमा आख्यान परेको थियो । `आफू व्यवस्थापन संकायको विद्यार्थी भएपनि अंग्रेजी साहित्यको फिक्सन विधाका पुस्तक आफ्नो रोजाइमा पर्ने गरेको समीक्षक मध्येका एक विद्यार्थी रोजन आचार्यले बताए ।

शिक्षक तेज अर्यालको सहजीकरणमा आयोजित यस कार्यक्रमलाई अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य एवं शुभकामना व्यक्त गरेका थिए । त्यस्तै सह-प्राचार्य ओमराज मैनालीले समीक्षकहरुको प्रस्तुति मूल्यांकन गरेका थिए ।

अङ्कुरम् एकेडेमीमा पठन संस्कृतिलाई टेवा पुर्‍याउने उद्देश्यले हरेक शनिबार पुस्तक समीक्षा कार्यक्रमको १२औं शृङ्खला अन्तर्गत शनिबार २४ समीक्षक विद्यार्थी र तिनका अभिभावकको उपस्थितिमा कार्यक्रम गरी अन्तिम शृङ्खलासँगै समापन गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट