त्रिशूलीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु

भरतपुर, १७ चैत ।
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । शनिबार बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

मृत्यु हुनेमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार थिए । अझै गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट