स्पाउच रोटरी क्लबको स्थापना दिवसमा आदर्श गृहलाई खाद्यान्न सहयोग

भरतपुर, १५ चैत ।
स्पाउज रोटरी क्लव अफ नारायणगढले क्लबको पाँचौँ स्थापना दिवसका अवसरमा आदर्श गृह नेपालमा संरक्षितहरुका लागि खाद्यान्न सामग्री वितरण गरेको छ ।

क्लबका अध्यक्ष पूर्णिमा श्रेष्ठको नेतृत्वमा गएको रोटरीयनहरुको टोलीले एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष मीना खरेलको रोहबरमा सामान हस्तान्तरण गरेको हो । सहयोग कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरियन रोहितकुमार श्रेष्ठले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल मर्मलाई स्पाउजहरुले इमान्दारीपूर्वक पालना गरेको बताए । गत हप्ता मात्र आर्थिक अवस्था कमजोर भएर पढाइबाट बन्चित बनेका २ जना बालबालिकालाई यसै क्लबका सदस्यहरुले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको उनले स्मरण गरे ।

सामाजिक काममा सक्रिय मीना खरेल र आदर्श गृहले अप्ठ्यारोमा परेकाहरुको लागि गरेको कार्य अनुकरणीय रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खरेलले रोटरीयनहरु जस्तै सामाजिक भावना भएका व्यक्तिहरू कै सहयोगले संस्था सञ्चालनमा सहजता थपिने बताइन् । गृहमा हालसम्म १ हजार १ सय ७८ जनालाई सेवा प्रदान गरिएको छ । हाल संस्थामा ३१ जना महिला तथा बालबालिका संरक्षित छन् ।
कार्यक्रममा रोटरीयन निरन्जन प्रधान, अनुकुल श्रेष्ठलगायत क्लबका स्पाउज सदस्यहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट