मेची-महाकाली दौडको टोलीलाई हेटौंडामा स्वागत

मकवानपुर, १४ चैत ।
मेची-महाकाली सचेतना दौड अभियानको टोलीलाई हेटौंडामा स्वागत गरिएको छ ।

बुधवारे जेसिज झापासँगको समन्वयमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई नगर खेलकुद विकास समिति हेटौंडाले स्वागत गरेको हो । दौड अभियानको टोली आठौं दिनमा हेटौंडा आइपुगेको हो । बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक जीवनाथ अधिकारीको नेतृत्वमा विकल भट्टराई, अनुप पौड्याल र रमेश अधिकारीको टोली मेची महाकाली सचेतना दौडमा सहभागी भएका हुन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइराला, एथ्लेटिक्स संघका अध्यक्ष, प्रभाकर पाण्डे, नगर खेलकुदका सदस्य विजय गौतमलगायतले टोलीलाई स्वागत सम्मान गरेका हुन् । मेची महाकाली सचेतनाका लागि बुधबारे जेसीजसँगको समन्वयमा दौड सुरु गरिएको मुख्य धावक जीवनाथ अधिकारीले जानकारी दिए ।

हरेक दिन ५० किलोमिटर दौडने कार्यतालिका रहेको जानकारी दिँदै उनले २२ औं दिनमा समापन गर्ने लक्ष्य रहेको बताए । महाकाली पुगेर अभियानको समापन गरिने अधिकारीले बताए । नगर खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले सफलताको शुभकामना व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट