गैंडाकोट नगर प्रज्ञा पुरस्कार ढकाललाई दिइने

गैंडाकोट, १४ चैत ।
गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले लेखक डाक्टर मतिप्रसाद ढकाललाई सम्मान गर्ने भएको छ । भाषा-साहित्य, कला, संगीत, संस्कृति र प्रविधि मध्य कुनै क्षेत्रमा उच्च योगदान गर्ने एक जना विशिष्ट प्रतिभालाई वर्सेनि प्रदान गरिने गैंडाकोट नगर प्रज्ञा पुरस्कार २०८० बाट गैंडाकोट नगरपालिका- १ निवासी भाषा-साहित्यका अथक साधक तथा अनुसन्धाता डा. मतिप्रसाद ढकाललाई समर्पण गर्ने निर्णय गरिएको सदस्य सचिव भीम शर्माले बताए ।

पुरस्कारको राशि रु. ५०,०००/ छ । २०८१ वैशाख महिनामा सो पुरस्कार एक विशेष कार्यक्रमका बिच स्रष्टालाई समर्पण गरिने सदस्य सचिव शर्माले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट