मकवानपुरमा नवजात शिशुको शव फेला

मकवानपुर, १३ चैत ।
मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ ।

मनहरी –७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको बगरमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थिए । इलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले शिशुको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी  नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट