राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई भरतपुरको स्वागत र सम्मान

भरतपुर, १३ चैत । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई मंगलबार भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । गत फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाको गरिमालाई उँचो पार्ने गरी काम गर्ने उल्लेख गरे । संघ, प्रदेश र […]
मकवानपुरमा नवजात शिशुको शव फेला
मकवानपुर, १३ चैत । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको बगरमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मंगलबार भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थिए । इलाका प्रहरी कार्यलय […]
दाहालद्वयलाई उद्योग वाणिज्य संघ चितवनको बधाई तथा सम्मान

भरतपुर, १३ चैत । उद्योग वाणिज्य संघ–चितवनले मंगलबार संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई बधाई तथा सम्मान गरेको छ । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएकोमा नारायणप्रसाद दाहाललाई बधाई र बेलायतमा प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड” अन्तर्गत सन् २०२४ को ‘इन्टरनेशनल मेयर अवार्ड’ प्राप्त […]
कालिकामा आधारभूत व्युटिपार्लर तालिम

कालिका, १३ चैत । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने आधारभूत व्युटिपार्लर तालिम मंगलवार सम्पन्न भएको छ । कालिका नगरपालिका वडा नं. ६ का अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि थिए । नगर प्रमुख रेग्मीले तालिमलाई सहि रुपमा उपयोग गर्न सके […]
कारको ठक्करले एक जनाको मृत्यु
मकवानपुर, १३ चैत । मकवानपुरको बकैया गाउँपालिकामा कारको ठक्करबाट घाइते भएका १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो बकैया ४ गोठखोला स्थित धरान-चतरा सडक खण्डमा हात्तिसुडेबाट गरगरेतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारले गरगरेबाट हात्तिसुडेतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट साईकल यात्री बकैया ४ का निर्जल बानियाको छोरा […]
प्रधानमन्त्री प्रचण्ड र कालिकाका मेयर रेग्मीबीच भेट, शक्तिखोर औधोगिक क्षेत्र तथा त्रिशुली डाईभर्सन विषयमा छलफल

रत्ननगर, १३ चैत्र । पूर्वीचितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शक्तिखोर औधोगिक क्षेत्र स्थापना, त्रिशुली डाईभर्सन, नगरमा रोकिएका बजेट विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेका छन् । सो अबसरमा मेयर रेग्मीले प्रधानमन्त्री प्रचण्डसँग कालिका नगरपालिकाको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट, शक्तिखोर औधोगिक क्षेत्र स्थापना, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने […]
भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निरन्तर खेल

भरतपुर, १३ चैत । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् । भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ । भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन् । जिल्ला खेलकुद […]