कालिकामा आधारभूत व्युटिपार्लर तालिम

कालिका, १३ चैत ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने आधारभूत व्युटिपार्लर तालिम मंगलवार सम्पन्न भएको छ ।

कालिका नगरपालिका वडा नं. ६ का अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि थिए । नगर प्रमुख रेग्मीले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताए । रेग्मीले बेरोजगारीको समस्याले विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए ।

नगर प्रमुख रेग्मीले भने, ‘तालिम आफ्नो घरभित्र सिमित नभई आय आर्जनमा मद्धत पुर्याउने खालको भएकोले यस किसिमको तालिम लिएपछि आफैले पार्लर चलाउन आग्रह गर्दछु ।’ रेग्मीले सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अबसरको सदुपयोग गर्न सुझाव दिए ।

नगर उपप्रमुख बिमला तामाङले तालिमले महिलाहरुलाई सिप सिकाएर आय आर्जनमा मद्धत पु-याउने बताइन् । पछिल्लो समय पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटिपार्लर सम्वन्धी तालिम लिईरहेको अवस्थामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने सुझाव दिइन् ।

लक्ष्मी देवकोटाले प्रशिक्षण दिएको तालिममा सहभागी २५ जनालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा लघु उद्यमी समुहका सदस्य शर्मिला पन्त, प्रशिक्षक देवकोटा लगाएतले मन्तव्य राखेका थिए ।

कालिका वडा नं. ६ का अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, शाखा अधिकृत प्रकाशचन्द्र गौतम लगाएतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट