कारको ठक्करले एक जनाको मृत्यु

मकवानपुर, १३ चैत ।
मकवानपुरको बकैया गाउँपालिकामा कारको ठक्करबाट घाइते भएका १ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो  बकैया ४ गोठखोला स्थित धरान-चतरा सडक खण्डमा हात्तिसुडेबाट गरगरेतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारले गरगरेबाट हात्तिसुडेतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट साईकल यात्री बकैया ४ का निर्जल बानियाको छोरा ११ वर्षीय निशान बानिया घाइते भएको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारले ठक्कर दिदा घाइते भएका निशानलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा सोमबार नै मृत्युु भएको हो ।

प्रहरीले कार चालक चितवन भरतपुर महानगरपालिका १० का ३५ वर्षीय  शारदा सुवेदीलाई नियन्त्रणमा लिएको जनाएको छ  ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट