टिपर दुर्घटनामा च्यापिएका चालकको साढे तीन घण्टापछि उद्धार

मकवानपुर, ५ चैत ।
भीमफेदी गाउँपालिका वडा नम्बर-१ मा टिपर दुर्घटनामा च्यापिएका चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ ।

सोमबार त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ खोप्लाङमा चुनढुङ्गा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर राप्ती खोलाको किनारमा खसेको थियो । च्यापिएको अवस्थामा रहेका चालक हेटौंडा १५ का ४३ वर्षीय वीरबहादुर वाइवाको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

टिपरले च्यापिएको अवस्थामा नेपाली सेनाको हाइड्रा, सेनाको प्राविधिक टोली, २ वटा जेसीवीको सहायताले साढे तीन घण्टापछि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

वाइवाको हात भाँचिएको र कम्मरभन्दा मुनि चोट रहेको जनाइएको छ । उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको छ । टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट