पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे हुनेछन् : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच बर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरमा आयोजित चुनावी कोणसभामा बोल्दै प्रचण्डले भने, ‘पाँच बर्षभित्र चितवनको एउटा पनि बाटो ग्राभेल नराख्ने संकल्प गरेको छु । त्यसो गर्न सकिन्छ ।’


गोलाघाटको पुल बनेपछि नवलपुर समेत जोडेर एकीकृत शहरको रुपमा चितवनलाई विकास गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘राज्यले कसैलाई काखा–पाखा गर्नु हुँदैन भनेर धर्म निरपेक्षता घोषणा गरिएको छ ।’ शरणपुरमा रहेको मुस्लिम बस्तीमा बोल्दै प्रचण्डले विगतमा उत्पीडनमा परेका वर्ग र समुदायको उत्थानका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताए ।
विगत ७० बर्षदेखि स्थायी सरकारकार बन्न नसकेकोले इतिहास बदल्ने संकल्प गरेर वाम गठन्धन निर्माण गरिएको बताउँदै प्रचण्डले भने, ‘भ्रष्ट, दलाल र कमिसनखोरहरुको चिप्ला कुरा नसुनी जनताको पक्षमा लडेकाहरुलाई त्यो इतिहास बदल्ने अवसर दिनुहुनेछ भन्ने मलाई विश्वास छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट