विश्वकपमा कोसँग को भिड्दै (सबै सूचीसहित)

भरतपुर, १५ मंसिर । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् । समूह ए रुस: सन् २०१० को डिसेम्बर २ […]

मन्त्री पाण्डेको प्रचण्डलाई प्रश्न ‘दुई पटक प्रधानमन्त्री हुँदा गृहजिल्ला हो भन्ने थाहा थिएन ?

भरतपुर, १५ मंसीर । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले दुई कार्यकाल प्रधानमन्त्री हुँदा ‘प्रचण्ड’ले चितवन आफ्नो गृहजिल्ला भएको भुलेको आरोप लगाएका छन् । भरतपुर– ब्रहमपुरी तिमिल्सिना चोकमा आयोजित चुनावीकोणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विगतमा योजना पार्न कञ्जुस्याई गरेका प्रचण्ड चुनाव जितेर विकास गर्छु भन्दै भ्रम छर्दै हिँडेको आरोप लगाए । “३ नम्बर क्षेत्रभरी धुलाम्मे […]

दुई कम्युनिष्ट मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंग ः अध्यक्ष दाहाल

चितवन, १५ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताउनुभएको छ । ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको […]

पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे हुनेछन् : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच बर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरमा आयोजित चुनावी कोणसभामा बोल्दै प्रचण्डले भने, ‘पाँच बर्षभित्र चितवनको एउटा पनि बाटो ग्राभेल नराख्ने संकल्प गरेको छु । त्यसो […]

राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक ः पूर्वअर्थमन्त्री पाण्डे

चितवन, १५ मंसिर  ः पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गर्नुभएको छ । चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिनुभयो । एमाले स्थायी कमिटी सदस्यसमेत […]

११ महिनामा एचआईभीबाट १७ जनाको मृत्यु

विनोद रिजाल,कायाकैरन भरतपुर, १५ मंसिर । चितवनमा यो वर्ष एचआईभी एड्स संक्रमणबाट १७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ११ जना पुरुष र ६ जना महिला छन् । भरतपुर अस्पतालमा रहेको एचआईभीको उपचार गर्ने एआरटी सेन्टरका अनुसार सन् २००७ देखि हालसम्म १ सय ३६ जनाको मृत्यु भइसकेको छ । सन् २०१६ मा ५ जना, १०१५ […]

महानगरकाे संयन्त्र दुरूपयाेग गरी प्रचण्डकाे चुनाव प्रचार

प्रमिता ढकाल भरतपुर, १५ मंसिर । भरतपुर महानगरपालिकाले आफ्नो वडा संयन्त्रको दुरुपयोग गर्दै क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको चुनाव प्रचार गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिकाको १४ देखि २८ नम्बर वडाका वडा अध्यक्षसहित प्रत्येक टोल विकास समिति पदाधिकारीलाई ‘विशेष छलफल’का लागि भन्दैै बोलाएर चुनावी प्रवचन दिई फर्काएको छ । […]