राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौँ, २९ फागुन ।
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

उनले ३९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका छन् ।

राष्ट्रिय सभा बैठकमा गोपी सार्की अछामीले दाहालको प्रस्ताव पेस गरेका थिए ।

राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट