छ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा

अमेरिका, २९ फागुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएनुभएको छ । उहाँहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको […]
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

काठमाडौँ, २९ फागुन पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १९ रहेको […]
खैरहनीमा नि:शुल्क मृगौला रोग परीक्षण गरिँदै

खैरहनी, २९ फागुन । खैरहनी नगरपालिकाले `स्वस्थ्य जीवनको लागि नियमित मृगौला परीक्षण गरौँ´ भन्ने नाराका साथ विश्व मृगौला दिवसको अवसरमा निशुल्क मृगौला रोग स्क्रिनिङ परीक्षण गर्ने भएको छ । मृगौला रोग परीक्षणको निशुल्क शिविर चैत १ र २ गते हुनेछ । खैरहनी नगर अस्पताल खैहरनी-६, चैनपुर स्वास्थ्य चौकी खैरहनी-२, कठार स्वास्थ्य चौकी खैरहनी-१०, कुमरोज स्वास्थ्य […]
मोफसलमा चित्रकारिताको सुगन्ध छरिरहेका कलासाधकहरु

झापा, २९ फागुन पैतीस वर्ष अघि साथीसँग सापटी मागेको रु ४०० बोकेर राजधानी काठमाडौँ पुग्नुभएका झापाका पवन राजवंशी अहिले आफ्नो समुदायको पहिलो ‘प्राज्ञ’ हुनुहुन्छ । ललितकला क्याम्पसको औपचारिक अध्ययनपछि काठमाडाँैका केही ‘आर्ट ग्यालरी’मा चित्रकारिताको अभ्यास गर्नुभएका राजवंशीले तीन दशकयता गृहजिल्लामै बसेर कला–साहित्य साधना गरिरहनु भएको छ । चित्रकार राजवंशीका हास्यव्यङ्ग्य र समसामयिक चित्रकला प्रख्यात छन् […]
लक्की मिडिया हाउसले चैतेदसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम गर्ने

भरतपुर, २९ फागुन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले बाग्लुङमा चैतेदसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताए । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि […]
लिस्नु र झरना साहित्यिक परिवारद्वारा लमजुङमा काव्य गोष्ठी

लमजुङ, २९ फागुन । लमजुङको लिस्नु साहित्यिक परिवार र मकवानपुरको झरना साहित्यिक परिवार (झसाप)ले लमजुङको बेसीशहरमा संयुक्त काव्य गोष्ठी गरेका छन् । झरना साहित्यिक परिवार मकवानपुरको ३०१ औँ साहित्य शृङ्खला अन्तर्गत सो काव्य गोष्ठी गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । कार्यक्रममा मकवानपुरबाट झसापका संरक्षकद्वय रमेशमोहन अधिकारी र जनार्दन खनाल, सल्लाहकार लक्ष्मी जिम्बा, कविहरू […]
निजी क्षेत्रका रोजगारदातालाई डाटाबेससम्बन्धी अभिमुखीकरण

भरतपुर, २९ फागुन । उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा मंगलबार निजी क्षेत्रका रोजगारदातालाई डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा कार्यक्रम भएको हो । उद्योगी व्यवसायीलाई सिपयुक्त कर्मचारी छनोट गर्न सहज बनाउने उद्देश्यले निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो […]
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । उनले ३९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका छन् । राष्ट्रिय सभा बैठकमा गोपी […]
राष्ट्रिय खुला कथा प्रतियोगिताको उत्कृष्ट १० सूची सार्वजनिक
भरतपुर, २९ फागुन । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय खुला कथा प्रतियोगिताको उत्कृष्ट १० सूची सार्वजनिक गरेको छ । प्रतियोगितामा प्राप्त भएका ७२ कथाहरुमध्ये निर्णायक समितिद्वारा छनौट भएका उत्कृष्ट २५ कथाकारको नामावली गत २२ गते प्रकाशन गरिएकोमा सोही प्रतियोगिताका उत्कृष्ट १० कथाकारको नामावली सार्वजनिक गरिएको हो । उत्कृष्ट १० भित्र चितवनबाट राधिका कल्पित र […]
ताप्लेजुङमा सिर्जना-उत्सव सम्पन्न

ताप्लेजुङ, २९ फागुन । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकाे आयाेजना र फुङलिङ नगरपालिका तथा कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङकाे सहयाेगमा फागुन २६ गते फुङलिङस्थित सिटी हलमा सिर्जना उत्सव सम्पन्न भएकाे छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष माेमिलाकाे अध्यक्षता र वरिष्ठ कवि तुलसी दिवसकाे प्रमुख आतिथ्यमा आयाेजित उक्त कार्यक्रममा फुङलिङ नगरपालिकाका नगरप्रमुख अमीर मादेन, कञ्चनजंघा साहित्य […]
साहित्य सङ्गम मकवानपुरले ७ स्रष्टाहरूलाई सम्मान गर्ने
मकवानपुर, २९ फागुन । साहित्य सङ्गम मकवानपुरले ७ जना साहित्य सर्जकहरूलाई सम्मान गर्ने भएको छ । सङ्गममा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो । रु. १५ हजार ५५५ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईँ सम्मानित हुनु […]