राष्ट्रिय खुला कथा प्रतियोगिताको उत्कृष्ट १० सूची सार्वजनिक

भरतपुर, २९ फागुन ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय खुला कथा प्रतियोगिताको उत्कृष्ट १० सूची सार्वजनिक गरेको छ । प्रतियोगितामा प्राप्त भएका ७२ कथाहरुमध्ये निर्णायक समितिद्वारा छनौट भएका उत्कृष्ट २५ कथाकारको नामावली गत २२ गते प्रकाशन गरिएकोमा सोही प्रतियोगिताका उत्कृष्ट १० कथाकारको नामावली सार्वजनिक गरिएको हो । उत्कृष्ट १० भित्र चितवनबाट राधिका कल्पित र सीताराम कोइराला छनोट भएका छन् । उत्कृष्ट २५ को सूचीमा चितवनका ९ जना कथाकार छनोटमा थिए ।

यहि सूचीबाट विजयी ५ जनाको सूची चैतको पहिलो साता सार्वजनिक गरिने भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले बताए । वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको उत्कृष्ट १० को सूची यसप्रकार रहेको छ :

१) अज्ञात युवक, काठमाडौँ
२) अनन्त लम्साल, नुवाकोट
३) अनिता पन्थी, लम्जुङ
४) दिपिन सिजापति, दैलेख
५) मन्दिरा मधुश्री, मोरङ
६) राधिका कल्पित, चितवन
७) शोभा लामिछाने, कास्की
८) समीप खड्का, रामेछाप
९) सरोज उजाड, नवलपरासी (बसुपूर्व)
१०) सीताराम कोइराला, चितवन

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट