विदाको दिन पनि बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्रबैंकले निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी निवाचन हुने ४५ जिल्लामा विदाको दिन पनि बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्रबैंकले निर्देशन दिएको हो ।

सरकारले शनिवार र आइतबारको दिन सार्वजनिक विदा दिएतापनि मंसिर १६ र १७ गते बैंक तथा वित्तिय संस्था खोल्न राष्ट्रबैंकले निर्देशन दिएको हो ।





