गठबन्धनलाई आम जनतालले पत्याएका छैननः अधिकारी

१४ मन्सिर /

चितवन  क्षेत्र नं २ का उम्मेदवार शिक्षा राज्यमन्त्रि शेशनाथ अधिकारिले दिन दिनै नेपाली काग्रेसमा प्रबेशले आफु उत्साहित भएको भन्दै  २० गते सम्म यो क्रम नरोकिने बताएका छन । स्थानिय निकाएको निर्वाचनको मत परिणामको हिसाब गरेर आफु अगाडी बढेको भन्दै शिक्षा राज्यमन्त्रि समेत रहनुभएका अधिकारीले अव आत्तिनुपर्ने दिन समेत सकिएको बताउनुभएको छ । गठबन्धनले देशलाई अगाडी लैजान्छ भन्ने आकर्षण दिन नसकेका कारणले गठबन्धनलाई आम जनतालले नपत्एको उहाले बताउनुभयो । त्यहि भएर उनीहरुले योजना प्रस्तुत गर्न भन्दा पनि गाली गलौजमा रमाईरहेको आरोप लगाउनुभयो । आज सम्मका लक्ष्यणले लोकतान्त्रिक गठबन्धनको बहुमत आउने भन्दै अबका ५ बर्ष बिकास निमार्णले निक्कै ठुलो फड्को मार्ने बताउनुभयो । भरतपुर ११ चितवनको मुटु भए पनि सामान्य पिच, ढल, खानेपानी लगायतका समस्या रहेको भन्दै अव यो सबैको जिम्मा शेषनाथ अधिकारीले लिने बाचा गनुभयो । तामाङ्ग बस्तीका ६३ घरधुरीका करिब १०० जनालाई नेपाली काग्रेसमा स्वागत गर्दै उम्मेदवार अधिकारीले आफुले तात्कालिन क्षेत्र नं २ मा जस्तै अहिलेको क्षेत्रमा समेत गरिछाड्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।


चितवन प्रदेश नं २ ख का नेपाली काग्रेस उम्मेदवार प्रकाश अधिकारीले हामीले तामाङ्ग समुदायको मतलाई राजनैतिक हैसियतको मतको रुपमा लिएका छौं । तामाङ्ग समुदायलाई बिकासको मुल धारमा ल्याई नेतृत्व तहमा पु¥याउने भन्दै उहाँले पिछडिएका बर्ग र समुदायलाई पिछडिएकै रुपमा राखेर राजनिति नगरी बिकास र सम्बृद्धिको मार्गमा नेपाली काग्रेसले नै अगाडी बढाउने उहाँको तर्क थियो । चुनाबी सभालाई सम्बोधन गर्दे उम्मेदवार अधिकारीले जवसम्म पिछडिएको समाजको तल्लो बर्गको उत्थान हुदैन तब सम्म समाज परिर्वतन हुदैन । सम्बोधन कै क्रममा उम्मेदवार अधिकारीले आस्वासन भन्दा अरु केहि नपाएका बस्तीका मतदातालाई काग्रेसले रक्सी र पैसा होईन बिकास बिकास पु¥याउने बिश्वास दिलाए । नेपाली काग्रेस प्रवेश गरेपछि स्थानिय राज तामाङ्गले भने “पैसा त काग्रेसले दिएको छैन तर बिकाश त काग्रेसले नै दिने रहेछ ” त्यहि भएर आजबाट नेपाली काग्रेस प्रवेश गरेका हौं । धेरैले धेरै आश्वाशन दिए तर काम कसैले पनि गरेका छैनन अब काग्रेसले काम गरेर देखाउछ भन्ने बिश्वास छ भन्दै बिश्वास घात नगर्न आग्रह गरे । कर्यक्रममा नेपाल ट्रेड युनियन काग्रेस चितवनका अध्यक्ष लक्ष्मण भट्टराई, गलैचा श्रमिक संघका केन्द्रिय सदस्य बिजय तामाङ्ग लगायतले मन्तब्य राखेका थिए । नेपाली काग्रेस भरतपुर ११ ले आज वडाका गणेशस्थान, जकडीमाई, लामाटोल, गाईखर्क उन्नीटोल लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्मन्न गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट