चितवन,मंसिर १४
निर्वाचन नजिकिदै जाँदा उम्मेद्वारहरुले घरदैलोलाई तिव्रता दिएका छन् । चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेद्वार कृष्णभक्त पोखरेल र प्रदेश सभाका उम्मेद्वार विजय सुवेदीले आज (विहिवार) भरतपुर १२ का विभिन्न टोलमा घरदैलोसंगै कोणसभा गरेका छन् ।
भरतपुर १२ सुर्यचोकमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेद्वार कृष्णभक्त पोखरेलले देशमा राजनैतिक मुद्धा सकिएकाले आर्थिक संमृद्धीको मुद्धा अघि सारेको वताउनुभयो । उहाँले बाम गठबन्धनको विजयीले मात्र संमृद्ध नेपालको परिकल्पना हुँने वताउनुभयो । पोखरलले विगतमा भएका उपलव्धीको संस्थागत गर्दै जनताका आधारभुत आवश्यकता तत्काल पुरा गरिने वताउनुभयो । भरतपुरमा सार्वजनिक जग्गा खोजी गरेर पार्क र खेलमैदानहरु निर्माण गरिने वताउनुभयो ।

यस्तै सो कोणसभामा बोल्दै चितवन २ (ख) का प्रदेशसभाका उम्मेद्वार विजय सुवेदीले निर्वाचन पछि हुने संमृद्धिले सवै नेपालीको मुहारमा खुसियाली छाउने वताउनुभयो ।उहाँले सुखी नेपाली,सँमृद्ध नेपाल भन्ने अभियानका साथ बाम उम्मेद्वार घरदैलोमा पुगेको वताउनुभयो । सुवेदीले आफ्नो निर्वाचन क्षेत्र २ (ख) मा पर्ने ७ बडाका सवै टोलमा सामुदायीक भवन निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक जग्गाको खोजी गरेर भवन निर्माण गरिने वताउनुभयो । उहाँले प्रत्यक वडाको गुरुयोजना वनाएर विकास गरिने जानकारी दिनुभयो । सुवेदीले सवैलाई समान रुपले हेरिने र कसैप्रति विभेदको दृष्टिकोण नराखिने वताउनुभयो । पाँच वर्षमा भरतपुरलाई सफा र सुन्दर सहर बनाउने सुवेदीको भनाई छ । मिलनचोकबाट सुरु भएको घरदैलो जिल्ला प्रशासन एकता टोल,नवरत्न टोल ,राधाकृष्ण टोल,पोखरेली टोल लगाएतका टोलमा पुगेको थियो ।





