संयन्त्रको दुरुपयोग गर्दै भरतपुर महानगरको चुनावी सभा

प्रमिता ढकाल

१३ मंसिर ।

भरतपुर महानगरपालिकाले आफ्नो संयन्त्रको दुरुपयोग गर्दै आज क्षेत्र नम्बर ३ मा वामगठवन्धनको समर्थनमा चुनावी सभा आयोजना गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत भरतपुरमहानगरपालिकाको १४ देखि २८ नम्बर वडाका वडा अध्यक्ष सहित प्रत्यक टोल विकास समितीका पदाधिकारीलाई विशेष छलफलका लागि भन्दैै बोलाएर चुनावी सभा गरेको हो । आज शिवनगरमा आयोजना गरीएको सो भेलामा करिव ५ सय प्रतिनिध सहभागि भएका थिए । उनीहरु सबैलाई वडा संयन्त्र प्रयोग गरी मौखिक जानकारीबाट नै भेलामा सहभागि हुन आह्वान गरीएको भेलामा सहभागिले जानकारी दिए । महानगरपालिकाले चिठि समेत नकाटी विषयवस्तुबारे गुमराहमा राख्दै छलफलका लागि बोलाएर चुनावी सभा गरेको बुझिएको छ । भेलामा सहभागि हुन गएकाहरु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार नेकपा माआवोवादी केन्द्रका अध्यक्ष प्रचण्डको भाष्ण र भरतपुर महानगर प्रमुख रेणु दाहालका केही आश्वासन सुनेर फर्किएकाछन् ।महानगरले चुनावको समयमा आफ्नो संयन्त्रको दुरुपयोग गर्दै सबैलाई चुनावी सभामा सहभागि गराएको उनीहरुको आरोप छ । ११ बजे खगेरी सिंचाईको सभाहलमा बस्ने भनिएको बृहद वैठकमा सहभागि हुन वडा नम्बर १४ देखि २८ सम्मका वडा अध्यक्ष सहितका सदस्य र ति वडाका टोलविकास समितीका अध्यक्ष लगायत पदाधिकारी समयमै पुगेका थिए ।तर दुई सय जना सम्म मात्र अटाउने सो हलको क्षमता भन्दा बढी उपस्थिती भएपछि तत्काल शिवनगरको वडा कार्यालय परिसरमा टेन्ट र कुर्सी व्यवस्था गरी कार्यक्रम गरीएको थियो । व्यवस्थापन मै ढिलाई भएपछि दुई घण्टा पछि १ बजे मात्र सुरु भएको कार्यक्रममा महानगरापकिलाका मेयर रेणु दाहालको उपस्थिती रहेको थियो । भेलालाई वामगठवन्धनका तर्फबाट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार नेकपा माआवोवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेकाछन् । चुनावी प्रचार प्रसार एवम् घरदैलोमा हिंडिरहेका प्रचण्डले महानगरपालिकाको आह्वानमा बोलाइएको सो वडा भेलाको भरपुर उपयोग गर्दै आफ्ना विकासे योजना राखे । आफुलाई विकासप्रेमी नेता भएको बताउंदै भरतपुर महानगरको स्वरुप परिवर्तन गर्न उत्साही भएको बताए । उनले पश्चिम चितवनमा ८ सय २१ किलिोमिटर सडक बनाउन बांकी रहेकाले सो काम गर्ने , पश्चिम चितवनमा सुविधासम्पन्न वृद्धाश्रम, प्रत्यक वडामा वालउद्यान लगायत विकास निर्माण गर्न सकिने बताए ।कार्यक्रममा सहभागि ५ सय जनालाई चुनावी सभा हो वा महानगरको विशेष भेला भन्ने कुरालाई अन्यौलमा पार्दै उनले आफ्नो चुनावी भेला सम्पन्न गर्दै गर्दा उठेका विरोधका आवाजहरुलाई भने वाइसिएल र युवा संघको जत्थाले साम्य बनाएको स्रोतले जनाएको छ ।उनको सम्बोधन पछि महानगर प्रमुख रेणु दाहालले समेत आफ्ना वुवा अर्थात प्रचण्ड प्रधानमन्त्री हुंदा सो क्षेत्रका लागि गरेका विकासका कार्यक्रमहरुबारे जानकारी गराउंदै भरतपुर महानगर अन्र्तगत नै पर्ने ति क्षेत्रमा आगामी दिनमा पनि विकासका काम गर्ने बताइन् । त्यसपछि कार्यक्रम सकिएको घोषणा गरींदा आफ्नो भनाई राख्न पाइएला वा वडाको विकास योजनाबारे बोल्न पाइएला भनी कुरेका प्रतिनिधिहरुलाई त्यसै फर्काएर भरतपुर महानगरले निर्वाचन आचारसंहिता विपरित आफ्नो शक्तिको दुरुपयोग गरेको देखिएको छ ।भरतपुर महानगरपालिकाले आफ्नो संयन्त्रको दुरुपयोग गर्दै आज क्षेत्र नम्बर ३ मा वामगठवन्धनको समर्थनमा चुनावी सभा आयोजना गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत भरतपुरमहानगरपालिकाको १४ देखि २८ नम्बर वडाका वडा अध्यक्ष सहित प्रत्यक टोल विकास समितीका पदाधिकारीलाई विशेष छलफलका लागि भन्दैै बोलाएर चुनावी सभा गरेको हो । आज शिवनगरमा आयोजना गरीएको सो भेलामा करिव ५ सय प्रतिनिध सहभागि भएका थिए । उनीहरु सबैलाई वडा संयन्त्र प्रयोग गरी मौखिक जानकारीबाट नै भेलामा सहभागि हुन आह्वान गरीएको भेलामा सहभागिले जानकारी दिए ।

महानगरपालिकाले चिठि समेत नकाटी विषयवस्तुबारे गुमराहमा राख्दै छलफलका लागि बोलाएर चुनावी सभा गरेको बुझिएको छ । भेलामा सहभागि हुन गएकाहरु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार नेकपा माआवोवादी केन्द्रका अध्यक्ष प्रचण्डको भाष्ण र भरतपुर महानगर प्रमुख रेणु दाहालका केही आश्वासन सुनेर फर्किएकाछन् ।महानगरले चुनावको समयमा आफ्नो संयन्त्रको दुरुपयोग गर्दै सबैलाई चुनावी सभामा सहभागि गराएको उनीहरुको आरोप छ । ११ बजे खगेरी सिंचाईको सभाहलमा बस्ने भनिएको बृहद वैठकमा सहभागि हुन वडा नम्बर १४ देखि २८ सम्मका वडा अध्यक्ष सहितका सदस्य र ति वडाका टोलविकास समितीका अध्यक्ष लगायत पदाधिकारी समयमै पुगेका थिए ।तर दुई सय जना सम्म मात्र अटाउने सो हलको क्षमता भन्दा बढी उपस्थिती भएपछि तत्काल शिवनगरको वडा कार्यालय परिसरमा टेन्ट र कुर्सी व्यवस्था गरी कार्यक्रम गरीएको थियो । व्यवस्थापन मै ढिलाई भएपछि दुई घण्टा पछि १ बजे मात्र सुरु भएको कार्यक्रममा महानगरापकिलाका मेयर रेणु दाहालको उपस्थिती रहेको थियो । भेलालाई वामगठवन्धनका तर्फबाट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार नेकपा माआवोवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेकाछन् । चुनावी प्रचार प्रसार एवम् घरदैलोमा हिंडिरहेका प्रचण्डले महानगरपालिकाको आह्वानमा बोलाइएको सो वडा भेलाको भरपुर उपयोग गर्दै आफ्ना विकासे योजना राखे । आफुलाई विकासप्रेमी नेता भएको बताउंदै भरतपुर महानगरको स्वरुप परिवर्तन गर्न उत्साही भएको बताए । उनले पश्चिम चितवनमा ८ सय २१ किलिोमिटर सडक बनाउन बांकी रहेकाले सो काम गर्ने , पश्चिम चितवनमा सुविधासम्पन्न वृद्धाश्रम, प्रत्यक वडामा वालउद्यान लगायत विकास निर्माण गर्न सकिने बताए ।कार्यक्रममा सहभागि ५ सय जनालाई चुनावी सभा हो वा महानगरको विशेष भेला भन्ने कुरालाई अन्यौलमा पार्दै उनले आफ्नो चुनावी भेला सम्पन्न गर्दै गर्दा उठेका विरोधका आवाजहरुलाई भने वाइसिएल र युवा संघको जत्थाले साम्य बनाएको स्रोतले जनाएको छ ।उनको सम्बोधन पछि महानगर प्रमुख रेणु दाहालले समेत आफ्ना वुवा अर्थात प्रचण्ड प्रधानमन्त्री हुंदा सो क्षेत्रका लागि गरेका विकासका कार्यक्रमहरुबारे जानकारी गराउंदै भरतपुर महानगर अन्र्तगत नै पर्ने ति क्षेत्रमा आगामी दिनमा पनि विकासका काम गर्ने बताइन् । त्यसपछि कार्यक्रम सकिएको घोषणा गरींदा आफ्नो भनाई राख्न पाइएला वा वडाको विकास योजनाबारे बोल्न पाइएला भनी कुरेका प्रतिनिधिहरुलाई त्यसै फर्काएर भरतपुर महानगरले निर्वाचन आचारसंहिता विपरित आफ्नो शक्तिको दुरुपयोग गरेको देखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट