एसपी रिमालले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

भरतपुर, ८ फागुन ।
जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) भावेष रिमालले सम्हालेका छन् । सोमबार कार्यालयमा हाजिर भएर एसपी रिमालले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।

गत बुधबार प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी रिमाललाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशील मानिन्छ ।

विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका रिमाल संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रीराम भण्डारीले स्वागत गरेका थिए ।

कमाण्ड सम्हाल्दै एसपी रिमालले जिल्लामा हुने हरेक अपराधिक कार्यमा कसैको दवाव र प्रभावमा नरही शून्य शहनशीलतामा काम गर्ने दाबी गरे । उनी यसअघि ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रमुखको रुपमा समेत काम गरिसकेका थिए ।

यसअघि चितवनको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले १ वर्ष जिल्लाको कमाण्ड सम्हालेका थिए । कार्की लागुऔषध नियन्त्रण ब्यूरो अपराध तथा कार्वाही शाखा काठमाडौँमा सरुवा भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट