दीलिप राणा स्मृति भेट्रान : मंगलबार चार खेल, आयोजक रातो पराजित

भरतपुर, ८ फागुन । स्व. दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा मंगलबार चार खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा आयोजक चितवन भेट्रान रातो पराजित भएको छ । चितवन भेट्रान भनिमण्डलसँँग १-० ले पराजित भएको हो । यस्तै दोस्रो खेलमा एनआरटी एफसी भेट्रानले सिमरा भेट्रानलाई हरायो । एनआरटी टाइब्रेकरमा ३-१ […]

एक्सपर्ट भरतपुर मेयर्स कप : वाल्मीकिको लगातार दोस्रो जित, विश्वप्रकाशको पहिलो जित

भरतपुर, ८ फागुन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘ए’को वाल्मीकि शिक्षा सदनले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको समुह ‘बी’ को विश्वप्रकाश माविले भने पहिलो जित हात पारेको छ । मंगलबारको पहिलो खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मीकिले मावि गंगानगरलाई ८७ रनको फराकिलो अन्तरमा हराएको हो […]

एसईईको तयारी गरिरहेका विद्यार्थीलाई खानाको व्यवस्था

मकवानपुर, ८ फागुन । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका विद्यार्थीलाई खानाको व्यवस्था गरेकाे छ । कैलाश गाउँपालिका-१० मर्याङकोटस्थित रत्नज्योति माविले एसईईको तयारी गरिरहेका विद्यार्थीहरुलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको हो । माघ २१ गतेबाट विद्यालयले उनीहरुलाई खानाको सुविधा दिईरहेको र दैनिक करिब ३ हजार रुपैयाँ खर्च भईरहेको सहायक प्रधानाध्यापक दुलालको भनाई छ । विद्यालयबाट […]

एपीएफ फाइनल प्रवेश

मकवानपुर, ८ फागुन । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैटौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीकाे फुटबल क्लब एपीएफ फाइनल प्रवेश गरेको छ । प्रतियाेगिता अन्तर्गत मंगलबारकाे दोस्राे सेमिफाइनलमा त्रिभुवन क्लबलाई १-० गोलले पाखा लगाउँदै एपीएफ फाइनल प्रवेश गरेकाे हाे । बागमती गाउँपालिका फापरबारीस्थित जनता माविकाे खेल मैदानमा भएकाे खेलमा एपीएफका फोडेफोफनाले पहिलो हाफकाे चौथो […]

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

भरतपुर, ८ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विशेष विद्यालय स्थापना गरिएको बताएकी छन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विशेष विद्यालय भरतपुर–१० मा भएको शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले […]

कला र साहित्यको सङ्गम ‘कालो सूर्य’

काठमाडौँ, ८ फागुन । अग्रज साहित्यकार भरत जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६)माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतार्नुभएको छ । उहाँले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्कनुभएको छ, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई […]

पैँतालिस प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

काठमाडौँ, ८ फागुन l क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताउनुभयो । उहाँले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनुभयो । उहाँका […]

कवि विवेकीको ‘चस्मा’को परिधि

विद्यालय र विश्वविद्यालयले छानिरहेछ आदर्श पाठ आफ्ना पाठ्यपुस्तकमा कविहरू विकृति–विसङ्गतिभन्दा केही देख्दैनन् । केही थान राजकीय सम्मान खाएका कवि लेखकको पछि देश–देनियाँ यति कुदेको छ कि ठूला सञ्चार माध्यमलाई मानौँ तिनले किनेका छन् । कोही भन्छन्, आजभोलिका कविता होइनन् नारा हुन् । कोही उसैगरी भनिरहेका छन् । राष्ट्रलाई जगाउने सामग्री । म एउटा पाठक त्यति […]

एसपी रिमालले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

भरतपुर, ८ फागुन । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) भावेष रिमालले सम्हालेका छन् । सोमबार कार्यालयमा हाजिर भएर एसपी रिमालले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । गत बुधबार प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी रिमाललाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको […]

देवचुलीका २० परिवारलाई बाख्रा वितरण

देवचुली, ८ फागुन । बालबालिकाको शिक्षामा पहुँचका लागि परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत देवचुली नगरपालिका- १६ को बाह्रकोल र बेलस्वारामा २० परिवारलाई बाख्रा वितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा सोमबार दुवै गाउँका १०/१० परिवारलाई प्रति परिवार २ पाठीका दरले ४० वटा बाख्रा र १ वटा बोका वितरण गरेको […]

मुक्तक मञ्च मकवानपुरद्वारा ३ जना सम्मानित

मकवानपुर, ८ फागुन । मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गरेको छ । सोमबार मञ्चको प्रथम अधिवेशन तथा १४ औँ मुक्तक वाचन श्रृङ्खला कार्यक्रममा मुक्तककार दीपक समिप (पोखरा), हरिकृष्ण काफ्ले(रौतहट) र बिर्खे अन्जान(मकवानपुर)लाई सम्मान गरिएको हो । मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट […]

भद्रकुमारी स्कुलले विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव

भरतपुर, ८ फागुन । भरतपुर–५ मा रहेको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विविध कार्यक्रमसहित ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा सोमबार सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकबीच खेलकुदका कार्यक्रम गरेको विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना न्यौपानेले जानकारी दिनुभयो । विद्यालयले आयोजना गरेको अभिभावकबीचको खेलकुद प्रतियोगितामा कमला केसी र सन्दिप सुवेदी विजयी […]