नेकपा (माओबादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा बिकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनु भएको छ । चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी पछि प्रचार अभियानमा रहनु भएका प्रचण्डले आज बिहान एभिन्यूज संग बिशेष कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको बिकासमा लाग्ने बताउनु भयो ।
तपाईलाई जनताले बिश्वास गर्ने आधार के छ भन्ने एक प्रश्नमा उहाँले भन्नु भयो“मलाई बिश्वास गर्नुस्, राष्ट्रिय अन्तराष्ट्रिय ?पमा मेरो पहुच छ, जनताको मनबुझेर राष्ट्रको बिकासमा लाग्ने छु ।” समाजबादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो “हामी समाजबादको लक्ष्यमा पुग्न चाहेका छौ, त्यसकालागि देशमा बिकास निर्माण र आर्थिक बृद्धि हुन ज?री छ । ” प्रचण्डले अब बन्ने बाम गठबन्धनको सरकारले बिकास निर्माण र आर्थिक बृद्धि गर्ने जिकिर गर्नु भयो ।
बाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दै उहाँले हामीले लोकतन्त्र मास्न लागेका छैनौ थप सुदृढ गर्न खोजेका छौ भन्नु भयो । पूर्ब राजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उहाँले निर्वाचन पछि प्रमुख कार्यकारीको बिषय उठान हुने बताउनु भयो । घर दैलो अभियानका क्रममा जनताले तपाई संग के मागे भन्ने प्रश्नमा प्रचण्डले भन्नु भयो “जनताले बिकास र सम्बृद्धि मात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुलि र खानेपानी रहेछ ।” क्षेत्र नम्बर ३ का जनताले नदि तटबन्धन र बन्यजन्तुबाट सुरक्षाको माग पनि गरेको उहाँले बताउनु भयो ।
अर्को एक प्रश्नमा उहाँले बदलिदो परिबेश र जनताको तिब्र आकंक्षामा हामीले सबै जस्तो काम गर्न सकेनौ भन्दैे त्यस कारणले पनि आँफुले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि पनि घरघरमा पुगेको बताउनु भयो । छोरा प्रकाशको निधनले आँफुलाई रिक्तता महशुश नबनाउन र पिडालाई भूल्नका लागि बिहानमा पैदल यात्रा गर्दै घरदैलो गरेर जनता संग भेटघाट गर्ने गरेको बताउनु भयो । प्रचण्डले भन्नुभयो “पिडा र रिक्तता महशुश भएको छ, आम चितवनबासिको साथबाट यसलाई भूल्नेछु ।”
–––––






