१३ मंसिर ।
बामपन्थीहरु बिच एकता भएपछि गुट उपगुटलाई बिर्सदै नेपाली काग्रेसका नेता तथा कार्यकर्ता एक भएर आज पनि भरतपुर ७ का बिभिन्न स्थानमा मतदाताहरु सँग दिन भर मत माग्न ब्यस्त भए । आज भरतपुर ७ , बुद्धचोकमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नं २ का प्रदेश सभाका उम्मेदवार प्रकाश अधिकारीले “२००७ साल २०६२ ÷२०६३ सम्म राजनैतिक स्थीरताका लडिएको बताउदै अव नेपाली काग्रेस सम्बृद्धिका लागि लड्ने बताउनुभया”े । नेपालका सबै पाटीको अभिभावक पाटी नेपाली काग्रेस भएकाले धेरै उदाहरया दिदै बहाँले अव लोकतान्त्रिक शाशन ब्याबस्थालाई सस्थागत गर्दै देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजाने काम पनि नेपाली काग्रेस बाहेक अरुले गर्न नसक्ने बताउनुभयो ।

चुनाबका बेलामा मिठा मिठा गफ गर्नेहरुले केहि गर्छनकी जस्तो गफ गर्न सक्छन भन्दै उहाँले गफ गर्नेहरुले काम गर्न नसक्ने बताउनुभयो । काग्रेसको आकार सानो हुदा देशले हारिरहेको बताउदै उहाँले जनमत सग्रहमा काग्रेसको मत कम आउदा होस या पहिलो संबिधान सभामा काग्रेसको मत थोरै आउदाका समस्याको स्मरण गर्दै यस पटक नेपाली काग्रेसले यसपटक पनि कम मत आए देशले फेरी अर्को समस्या भोग्ने उहाँले बताउनुभयो । आजको चुनाबी घरदैलो कार्यक्रममा पुर्व सांसद अन्जनी श्रेष्ठ, समानुपातिकका उम्मेदवारहरु बिनु रायमाझी, मिलनबाबु श्रेष्ठ लगायत नेपाली काग्रेस, उसका भातृ सस्थाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।





