काठमाडौँ, २ फागुन ।
लोक तथा दोहोरी गायक शिरीश देवकोटाको स्वर रहेको “बैना हजुर” बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो बुधबार दिउँसो विन्दवासिनी म्युजिक प्रा.लि.को युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गायक स्वयंको शब्द तथा लय रहेको गीतमा महिलाको स्वर भने गायिका सुनिता बुढा क्षेत्रीले भरेकी छिन् । गीतको एरेन्ज र मिक्सिङको काम भने श्यामस्वेत रसाईलीले गरेका हुन् ।
मौसम हिमालीको निर्देशन रहेको म्युजिक भिडियोमा अनु शाह र दिक्पाल कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोको लम्बाइ करिब १० मिनेट रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:





