शिरीष र सुनिताको स्वरमा “बैना हजुर”

काठमाडौँ, २ फागुन । लोक तथा दोहोरी गायक शिरीश देवकोटाको स्वर रहेको “बैना हजुर” बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो बुधबार दिउँसो विन्दवासिनी म्युजिक प्रा.लि.को युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गायक स्वयंको शब्द तथा लय रहेको गीतमा महिलाको स्वर भने गायिका सुनिता बुढा क्षेत्रीले भरेकी छिन् । गीतको […]

प्रकृति पुस्तक पसलको स्थापना दिवसमा ३ सय विद्यार्थीलाई शैक्षिकसामग्री

कावासोती, २ फागुन । प्रकृति पुस्तक पसल कावासोतीले स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । वसन्त पञ्चमीका अवसरमा विभिन्न विद्यालयमा अक्षरारम्भ गर्न आएका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएर पसलले स्थापना दिवस मनाएको हो । २०५२ सालमा स्थापना भएको प्रकृति पुस्तक पसल २९औँ वर्षमा प्रवेश गरेको छ । प्रत्येक वर्ष पुस्तक पसलले विद्यालयमा स्टेसनरी […]

नवनिर्मित भवनमा सर्‍यो त्रिविको पत्रकारिता केन्द्रीय विभाग

काठमाडौँ, फागुन २ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा सरेको छ । केन्द्रीय विभागको बल्खुस्थित नवनिर्मित भवन ‘सरस्वती पूजा’को अवसर पारी बुधबार उद्घाटन गरिएको हो । यसअघि केन्द्रीय विभागको सम्पूर्ण प्रशासनिक काम तथा अध्ययनअध्यापन प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस)को भवनबाट हुँदै आएको थियो । त्रिवि उपकुलपति शिवलाल भुसालले रिबन काटेर […]

गोल्डकपमा आयोजक बागमती विजयी

मकवानपुर, २ फागुन । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक बागमती खेलकुद विकास समिति विजयी भएको छ । हिमालय शेर्पालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै बागमती विजयी भएको हो । प्रतियोगिताको दोस्रो दिनको खेलको निर्धारित समयमा बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफमा कुनै पनि […]

चितवनका पुस्तक व्यवसायीद्वारा माडीस्थित मनमोहन बालग्रामलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

भरतपुर, २ फागुन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले माडीस्थित एक विद्यालयलाई शैक्षिकसामग्री उपलब्ध गराएको छ । ११औं राष्ट्रिय पुस्तक दिवस तथा वसन्त पञ्चमीको अवसर पारेर माडी नगरपालिका- ६ स्थित मनमोहन बालग्रामलाई २ लाख रुपैयाँ बराबरका शैक्षिक एवम् खेलकुदका सामग्री उपलब्ध गराइएको महासंघ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले जानकारी दिए । सरस्वती […]

कठारमा स्वास्थ्य चौकी भवनको शिलान्यास

खैरहनी, २ फागुन । खैरहनी नगरपालिका वडा नम्बर- १० कठारमा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र उपप्रमुख कविता उप्रेतीले स्वाथ्य चौकी भवनको शिलान्यास गरेका हुन् । आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउन खैरहनी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको जग्गामा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको […]

लखन दिवसमा ४५ जनाले गरे रक्तदान

भरतपुर, २ फागुन । भरतपुर महानगरपालिका-२० शारदानगर र भातृ संस्थाहरुको आयोजना नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार कार्यालय भरतपुरको प्राविधिक सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । `मानवता सेवा नै जीवनको सर्वोत्तम कार्य हो´ भन्ने अभिप्रायलाई आत्मसात गर्दै मगर संघले नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७औँ दिवसको अवसर पारी बृहत खुल्ला रक्तदान […]

युएईमा बनेको हिन्दु मन्दिर भारतीय प्रधानमन्त्री मोदीले उद्‌घाटन गर्ने

संयुक्त अरब इमिरेट्‌समा बनेको हिन्दु मन्दिरको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन् । सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक ट्‌वीटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ । जुन भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ । मन्दिर निर्माण गर्ने बिएपिएस स्वामी नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र […]

चितवनमा भावेष रिमाल आउने, एसपी कार्कीको सरुवा

भरतपुर, २ फागुन । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरू सरुवा भएका छन् । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ एसपीको रूपमा भावेष रिमाल आउने भएका छन् । यहाँ कार्यरत एसपी रामेश्वर कार्की लागुऔषध नियन्त्रण ब्यूरो अपराध अनुसन्धान […]

आज सरस्वती पूजा

भरतपुर, २ माघ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । यसको धार्मिक महत्व ठूलो रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ । यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ । देवी माताको पूजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भनिन्छ । यस […]