भरतपुर, २ फागुन ।
भरतपुर महानगरपालिका-२० शारदानगर र भातृ संस्थाहरुको आयोजना नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार कार्यालय भरतपुरको प्राविधिक सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
`मानवता सेवा नै जीवनको सर्वोत्तम कार्य हो´ भन्ने अभिप्रायलाई आत्मसात गर्दै मगर संघले नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७औँ दिवसको अवसर पारी बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ३० जना पुरुष र १५ जना महिला गरि ४५ जनाले रक्तदान गरे । मगर संघले आफ्नो भेषभुषा, भाषा, कला, संस्कृति र पहिचानको जगेर्नासँगै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम, राष्ट्रिय भलिबल प्रतियोगितालगायत सामाजिक कार्यहरुमा सक्रियता देखाउँदै आइरहेको छ ।





