चितवनमा भावेष रिमाल आउने, एसपी कार्कीको सरुवा

भरतपुर, २ फागुन ।
नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरू सरुवा भएका छन् । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ एसपीको रूपमा भावेष रिमाल आउने भएका छन् । यहाँ कार्यरत एसपी रामेश्वर कार्की लागुऔषध नियन्त्रण ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं सरुवा भएपछि उनको ठाउँमा रिमाल आउने भएका हुन् । एसपी रिमाल काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा कार्यरत थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट