शक्तिखोरको एभर भिजन स्कुलमा विज्ञान प्रदर्शनी

भरतपुर, १ फागुन ।

चितवनको कालिका नगरपालिका ९ शक्तिखाेरमा रहेकाे शक्तिखाेर एभर भिजन स्कुलले एक दिने विज्ञान प्रदर्शनी गरेकाे छ ।

स्कुलले मंगलबार स्कुल परिसरमा विज्ञान प्रदर्शनी गरेको हो । प्रदर्शनीमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरु तयार पारेर प्रदर्शन गरेका थिए ।

विद्यालयका प्राचार्य रुपेश थापाका अनुसार विद्यार्थीहरुले यस शैक्षिक सत्रमा तयार गरेका फरकफरक ३५ वटा प्रोजेक्ट तयार पारेर प्रदर्शन गरेका थिए । उनीहरुले तयार पारेका प्रोजेक्टहरु अभिभावकहरुलाई देखाईएको थियो ।

अवलोकनपछि शिक्षक तथा अभिभावकहरुले यस प्रदर्शनीले विद्यार्थीहरुको हौसला बढाउन सहयोग पुग्ने बताए । विद्यार्थीले विज्ञान सम्बन्धी दक्षता हासिल गर्न सक्षम बनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राचार्य थापाको भनाइ थियो ।

प्राचार्य थापाको अध्यक्षताम सम्पन्न कार्यक्रममा कालिका- ९ का महिला वडा सदस्य भुवकुमारी पुरी प्रमुख अतिथि थिए । कार्यक्रमका स्थानीय अन्य विद्यालय तथा टोलका अध्यक्ष एवं प्रतिनिधिहरु पनि उपस्थित थिए । कार्यक्रममा कक्षा ७ की छात्रा समृद्धी गुरुङले स्वागत मन्तव्य दिएकी थिईन् ।

कार्यक्रमका अतिथिहरुले एभर भिजन शक्तिखाेर र समग्र कालिकाकाे नै उत्कृष्ट विद्यालय भएको बताएका थिए । यस किसिमको क्रियाकलापले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट