बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको विजयी सुरुवात

मकवानपुर, १ फागुन । बागमती गाउँपालिकामा मंगलबारबाट सुरु छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । बागमती गाउँपालिका फापरबारीस्थित जनता माविको खेल मैदानमा भएकाे उद्घाटन खेलमा मच्छिन्द्रले राइटलेन बागमती क्लब सर्लाहीलाई ५–२ गोल अन्तरले हराएकाे हाे । मच्छिन्द्रले खेलकाे पहिलाे हाफमा २ र दाेस्राे हाफमा ३ गाेल गर्‍यो । यसैगरी […]

शक्तिखोरको एभर भिजन स्कुलमा विज्ञान प्रदर्शनी

भरतपुर, १ फागुन । चितवनको कालिका नगरपालिका ९ शक्तिखाेरमा रहेकाे शक्तिखाेर एभर भिजन स्कुलले एक दिने विज्ञान प्रदर्शनी गरेकाे छ । स्कुलले मंगलबार स्कुल परिसरमा विज्ञान प्रदर्शनी गरेको हो । प्रदर्शनीमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरु तयार पारेर प्रदर्शन गरेका थिए । विद्यालयका प्राचार्य रुपेश थापाका अनुसार विद्यार्थीहरुले यस […]

शुक्रबारलाई झोला र किताबरहित बनाउने छौँ : उपप्रमुख अधिकारी

भरतपुर, १ फागुन भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सीमित भएको टिप्पणी गर्दै उपप्रमुख अधिकारीले व्यवहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाइतर्फ केन्द्रित गर्ने बताए । शरदपुर माध्यमिक विद्यालय भरतपुर – ८ र ९ को ४९औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मंगलबार उद्वघाटन गर्दै अधिकारीले […]

लेट्स टकको ८१औँ शृङ्खलामा `मेरो प्रेमानुभव´

भरतपुर, १ फागुन । भरतपुरका युवाहरूले छलफल तथा विमर्श गर्ने मञ्च `लेट्स टक´को ८० औँ शृङ्खलामा प्रेम अनुभव साटासाट गरिएको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर नयाँ शृङ्खलामा `मेरो प्रेमानुभव´कार्यक्रम गरिएको संयोजक आकाश पौडेलले जानकारी दिए । मङ्गलबार बिहान होटल अशोका भरतपुरमा आयोजना गरिएको कार्यक्रममा चितवनका युवा सर्जकहरूले बाल्यकालीन जीवनका प्रेम अनुभव सुनाएका […]

गाडी दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर, १ फागुन । मकवानपुरका छुट्टाछुट्टै  स्थानमा भएका गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ गोलढुंङगा भर्‍याङडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा बस्ने ४५ वर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका […]