लेट्स टकको ८१औँ शृङ्खलामा `मेरो प्रेमानुभव´

भरतपुर, १ फागुन ।
भरतपुरका युवाहरूले छलफल तथा विमर्श गर्ने मञ्च `लेट्स टक´को ८० औँ शृङ्खलामा प्रेम अनुभव साटासाट गरिएको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर नयाँ शृङ्खलामा `मेरो प्रेमानुभव´कार्यक्रम गरिएको संयोजक आकाश पौडेलले जानकारी दिए ।

मङ्गलबार बिहान होटल अशोका भरतपुरमा आयोजना गरिएको कार्यक्रममा चितवनका युवा सर्जकहरूले बाल्यकालीन जीवनका प्रेम अनुभव सुनाएका थिए । कार्यक्रममा उदय अधिकारीसहित सूर्यप्रकाश कँडेल, लेखराम सापकोटा, वासुदेव सापकोटा, सिम्रन क्षेत्री, अलबिना सापकोटा, सविना शर्मा र आकाश पौडेलले आफ्नो जीवनका विभिन्न समयमा अनुभव गरेका प्रेमका रमाइला किस्साहरू सुनाएका थिए । नेपालसँगै संसारभर फागुन २ गते अर्थात् फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदै छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट