हेटौंडामा उद्यमशीलता प्रबर्द्धनको लागि अन्तराष्ट्रिय सम्मेलन हुँदै

मकवानपुर, २९ माघ ।
हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताको प्रबर्द्धनको लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएकाे छ । आगामी फागुन ५ र ६ गते हेटौंडामा सम्मेलन गर्न लागिएको हो ।

हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजना र विभिन्न संघसंस्थाहरुको साझेदारीमा सम्मेलन गर्न लागिएको हो ।
हेटौंडामा सोमबार म्यानेजमेन्टले पत्रकार भेटघाट गरी कार्यक्रमकाे जानकारी दिएको हाे । सम्मेलनमा सीप र पूर्वाधार ज्ञान अभिवृद्धि गर्न, मानव संसाधन क्षमता अभिवृद्धि गर्न, अन्तर क्षेत्र सहयोगको सहजीकरण गर्न सहयोग पुग्ने म्यानेजमेन्ट प्रमुख पुरनबहादुर जोशीले बताए । दुई दिन हुने सम्मेलनमा शुल्क तिरेर सहभागिता जनाउन पाइने बताइएकाे छ ।

सम्मेलनमा सरकारबाट नवप्रवर्तन र इन्क्युबेशन विकास गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी वित्तिय सेवाहरुमा नविनता, आवश्यकता र सम्भावना, उद्यमशीलताको प्रवर्द्धनका लागि वित्तीय संस्थाहरुको भूमिका विषयमा जानकारी गराइने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न ५ देशका श्रोत व्यक्तिहरुसँगको छलफल तथा नेटवर्कको अवसर हुने छ । नेपालको उद्यमशीलता विकासमा लागेका २५ जना भन्दा बढी श्रोतव्यक्तिहरुसँगको छलफल तथा नेटवर्कको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट