पञ्चायतकालमा जस्तै यसपटक पनि आफुलाई माया पाउने : शेषनाथ अधिकारी

चितवन, १२ मंसिर/
नेपाली काग्रेस वडा नं ५ आज आयोजना गरेको घरदैलो कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारीले आफु पञ्चायतकालमा धेरै समय यहि सेरोफेरोमा रहेको बताउदै त्यसबेला जस्तै यसपटक पनि आफुलाई माया गर्ने उम्मेदवार अधिकारीले बताउनु भयो । आफुलाई माया गरेको क्षेत्रमा बल्ल प्रत्यक्ष रुपमा काम गर्ने पाउने भए भन्दै अधिकारी गुनासो गर्न नपर्ने गरि काम गर्ने बताउनुभएको थियो । नेपाली काग्रेस भरतपुर ५ ले आज नारायणपुर, तोरिखेत ,कैलाशनगर, गुलाबबाग क्षेत्रमा गरेको घरदैलो तथा मतदाता भेटघाट गर्दै यो कुरा बताउनुभएको हो । राजनिति र बिकास बुझेका परिपक्व नेता भोट माग्न आफ्नो घर आगनमा आउने भएपछि स्थानियहरु स्वागतका लागि आतुर देखिन्थे । आफ्ना क्षेत्रका समस्याको फेहरिस्त सुनाउदै स्थानियहरु अव समस्याको समाधान हुनेमा ढुक्क देखिन्थ्ये । सबै मतदाताको घरमा पुग्नुपर्ने बाध्यताका बीच पनि उम्मेदवार अधिकारीले मतदाताको गुनासो ढुक्क भएर सुनेको पाईथ्यो ।


शिक्षा राज्य मन्त्रि समेत रहेका उम्मेदवार अधिकारीले यो निर्वाचन नागरिकलाई सर्वाेच्च बनाउने कि नेताहरुलाई सर्वोच्च बनाउने भन्ने छिनोफानो गर्नेे निर्वाचन भएकाले थप सजग रहन आग्रह गनुभएको थियो । नेपाली काग्रेस चितवनका पुर्व सभापति समेत रहेका शेषनाथ अधिकारी भरतपुर ५ साबिकको भरतपुर १३ मा पुग्दा पुराना मतदातामा निक्कै ठुलो उत्साह देखिन्थ्यो । घरदैलो कार्यक्रमा नेपाली काग्रेसका जिल्ला स्तरिय नेताहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट