पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खान र उनकी पत्नीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

भरतपुर, १७ माघ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

एक दिन अगाडी इमरानलाई पाकिस्तानको विशेष अदालतले गोपनियता भंग गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको थियो । उनले पहिले नै भ्रष्टाचारको अर्को एक मामिलामा तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

पूर्व प्रधानमन्त्री खान पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका संस्थापक हुन् । उनीविरुद्ध राजनीतिले प्रेरित भएर अनेक मुद्दा लगाइएको आरोप लागेको छ ।

पाकिस्तानमा ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । विभिन्न प्रतिवन्धका कारण इमरानले उक्त चुनावमा भाग लिन नपाउने भएका छन् ।

इमरानलाई गत वर्षको अगस्तमा गिरफ्तार गरिएको थियो । त्यसयता उनी जेलमै छन् । उनकी पत्नी बुशरा बीबीले बुधवारको फैसलापछि अदालतमा आत्मसमर्पण गरेकी छन् ।

इमरान र उनकी पत्नीमाथि सरकारी उपहारलाई निजी फाइदाका लागि गैरकानुनी तरिकाबाट बेचेको आरोप लगाइएको छ ।

उनको पार्टीले यो फैसलालाई पाकिस्तानको न्यायिक इतिहासमा अर्को एक दुखद दिन भनेको छ । उसले माथिल्लो अदालतमा चुनौती दिने पनि बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट