देवघाटधाममा परमानन्द-काव्य-सरिताको १५औँ शृङ्खला हुँदै

देवघाटधाम, १७ माघ । राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीजी महाराजको वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा यही माघ १९ गते श्री परमानन्द संस्कृत छात्र कल्याण परिषद्द्वारा साहित्य सङ्गीत र कलाको त्रिवेणी परमानन्द-काव्य-सरिताको १५औँ शृङ्खला हुने भएको छ । हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख संरक्षकत्व एवम् प्राडा माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न हुन […]
शहीदस्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एनआरटी विजयी

मकवानपुर, १७ माघ । मकवानपुरको हेटौंडामा जारी छैटौं संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पालाई ३-० गोल अन्तरले हराउँदै एनआरटी दोस्रो चरणमा प्रवेश गरेको हो । शेर्पा गत संस्करणको उपविजेता हो । एनआरटीको जीतमा सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले १-१ […]
पटिहानीमा १०६ जनाले गरे रक्तदान

भरतपुर, १२ माघ । भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पटिहानीमा रक्तदान कार्यक्रम गरिएको छ । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कसरा पर्यटन व्यवसायी समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीको सहकार्यमा भरतपुर-२२ अम्ब्रेला स्ट्रीट परिसरमा गरिएको रक्तदान कार्यक्रममा १३ जना महिलासहित १०६ जनाले रक्तदान गरेको कार्यक्रम […]
सेन्ट्रल स्कुलको वार्षिकोत्सवमा खेलकुद प्रतियोगिता सुरु

भरतपुर, १७ माघ । नारायणगढस्थित सेन्ट्रल इङ्लिस बाेर्डिङ स्कुलले २८ औँ वार्षिकोत्सवका अवसरमा खेलकुद कार्यक्रमकाे आयाेजना गरेकाे छ । माघ १७ गते बुधबारबाट सुरु भएकाे कार्यक्रम २० गते शनिबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा फुटबल, क्रिकेट, कबड्डी, १०० मिटर दाैड, बास्केट बल, स्पुन रेस, साइकल रेस, म्युजिकल चियरलगायतका खेल प्रतियोगिताका रूपमा खेलाइने खेलकुद शिक्षक विश्वराज पुरीले […]
पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खान र उनकी पत्नीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

भरतपुर, १७ माघ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । एक दिन अगाडी इमरानलाई पाकिस्तानको विशेष अदालतले गोपनियता भंग गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको थियो । उनले पहिले नै भ्रष्टाचारको अर्को एक मामिलामा तीन वर्षको जेल सजाय काटिरहेका छन् । […]
गैंडाकोटमा भएको सवारी दुर्घटनामा पूर्वमन्त्री पौडेलको मृत्यु

गैंडाकोट, १७ माघ । बुधबार बिहान गैंडाकोटमा सवारी दुर्घटना हुँदा नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । गैंडाकोटको कालीगण्डकी चोकमा बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको मत्यु भएको हो । बुधबार बिहान ग १ […]
गौतम बुद्ध क्रिकेट रंगशालामा मैत्रीपूर्ण क्रिकेट गरिँदै

भरतपुर, १७ माघ मैयाँदेवी मेमोरियल यु–१९ महिला क्रिकेट प्रतियोगिता चलिरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको खेलमैदानमा मैत्रीपूर्ण प्रतियोगिता गरिने भएको छ । प्रतियोगिता निर्देशक अनिल अधिकारीले दिएको जानकारीअनुसार बिहीबार माघ १८ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्न लागिएको हो । त्यसमा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, भरतपुर महानगर र चितवनका चिकित्सकहरूले क्रिकेट खेल्ने छन् । प्रतियोगितामा […]