गौतम बुद्ध क्रिकेट रंगशालामा मैत्रीपूर्ण क्रिकेट गरिँदै

भरतपुर, १७ माघ

मैयाँदेवी मेमोरियल यु–१९ महिला क्रिकेट प्रतियोगिता चलिरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको खेलमैदानमा मैत्रीपूर्ण प्रतियोगिता गरिने भएको छ ।

प्रतियोगिता निर्देशक अनिल अधिकारीले दिएको जानकारीअनुसार बिहीबार माघ १८ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्न लागिएको हो । त्यसमा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, भरतपुर महानगर र चितवनका चिकित्सकहरूले क्रिकेट खेल्ने छन् ।

प्रतियोगितामा चिकित्सकहरू सम्मिलित डक्टर–११ र भरतपुर महानगरको टिमले प्रतिस्पर्धा गर्ने छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका टोलीले त्रिकोणात्मक खेल्ने प्रतियोगिता निर्देशक अधिकारीले जानकारी दिए ।

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि समर्थन जुटाउन र पहल बढाउन मैत्रीपूर्ण क्रिकेट आयोजना गरिएको उनले बताए । मैदानमा विश्वकप ट्रफी ल्याउन पहल पनि भइरहेको उनले बताए ।

अहिले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले पूर्व सांसद स्वर्गीय मैयाँदेवी श्रेष्ठको स्मृतिमा आयोजना गरेको १९ वर्षमुनिको राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता त्यहाँ सञ्चालन भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट