मकवानपुर, ५ माघ ।
हेटौंडामा कवि अमृत क्षेत्रीको एकल कवितावाचन कार्यक्रम भएको छ ।
फर्क साहित्यिक अभियानको आयोजनामा शुक्रबार पोखराका युवा कवि तथा निबन्धकार क्षेत्रीको एकल कवितावाचन तथा उनको निबन्धसंग्रह `यादको कोलाज´माथि चर्चा भएको हो । अभियानले हेटौंडामा गरेको यो पहिलो कार्यक्रम हो ।
युवापुस्ताको बलशाली कवि क्षेत्रीले एक दर्जन कविता सुनाएका थिए । फर्क अभियानका अभियन्ता क्षेत्रीले कार्यक्रमको पहिलो सत्रमा १ दर्जन कविता सुनाए । अर्को सत्रमा उनको निबन्ध कृति यादकाे काेलाजमाथि समीक्षात्मक टिप्पणी समेत गरिएको थियो । सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिलले क्षेत्रीको निबन्धसंग्रह यादको कोलाजमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
फर्क अभियानले कार्यक्रम बिना अध्यक्ष, बिना अतिथि पनि संचालन गर्न सकिन्छ भनेर पहिलो कार्यक्रम त्यसरी शुरुआत गरेका अभियन्ता बैकुण्ठ लामिछानेले बताए । पछिल्लो समय केही युवाहरूको सहभागितामा फर्क साहित्यिक अभियान चलिरहेको छ । फर्क अभियानमा कवि अमृत क्षेत्री स्वयम् एक अभियन्ताका रुपमा सक्रिय रहेका छन् ।
कार्यक्रममा अभियन्ताहरु सागर तिमल्सिना, सम्प्रस पौडेल, सानू खनाल, रमेश रसिक, स्वस्तिका बानियाँ, अजर फुयाँल,अमृता लामिछाने, सुवास सजलको उपस्थिति रहेको थियो ।





