नमुना संयुक्त रास्ट्रसंघको तयारीमा गैंडाकोट इङ्लिस स्कुल

गैंडाकोट, ५ माघ । गैंडाकोट इङ्लिस स्कुलमा यहि माघ १२ र १३ गते नमुना संयुक्त रास्ट्रसंघको पाचौ संस्करणको कायक्रम आयोजना हुने भएको छ । सो प्रयोजनका लागि गत पुस १७ गते अभिमुखिकरण कार्यक्रम तथा पुस २६ गते कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । युथ थिन्कर्स सोसाइटी चितवन शाखाले बिगत पाँच वर्षदेखि गर्दै आएको उक्त कार्यक्रममा […]

स्पन्दन नेपालद्वारा बटुक तथा जेष्ठ नागरिकलाई भोजन

भरतपुर, ५ माघ । परोपकारमुलक काम गर्ने उद्वेश्यले महिला दिदिबहिनीद्वारा स्थापित स्पन्दन नेपालले शुक्रबार देवघाटको गलेश्वर आश्रममा आश्रित बटुक तथा जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ । आश्रममा रहेका तीन सय भन्दा बढी बटुक तथा जेष्ठ नागरिकलाई संस्थाले भोजन खुवाएको हो । संस्थाका अध्यक्ष अनिता खनालले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर संस्थाले विभिन्न सेवाका कार्यहरू गर्दै आइरहेको बताइन् […]

जनप्रगतिशील मञ्च युरोपको अधिवेशनमा जुटे नेपाली

स्पेन, ५ माघ । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको अधिवेशनको तयारी सुरु भएको छ । स्पेनको बार्सिलोनामा ५ औँ अधिवेशन गर्ने एनपीपीएफले निर्णय गरेको छ । अधिवेशन यहि मार्च १७ र १८ तारिखमा हुनेछ । एनपीपीएफ स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले अधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्ने जानकारी दिए । एनपीपीएफ नेकपा माओवादी […]

हेटौंडामा कवि क्षेत्रीको एकल वाचन

मकवानपुर, ५ माघ । हेटौंडामा कवि अमृत क्षेत्रीको एकल कवितावाचन कार्यक्रम भएको छ । फर्क साहित्यिक अभियानको आयोजनामा शुक्रबार पोखराका युवा कवि तथा निबन्धकार क्षेत्रीको एकल कवितावाचन तथा उनको निबन्धसंग्रह `यादको कोलाज´माथि चर्चा भएको हो । अभियानले हेटौंडामा गरेको यो पहिलो कार्यक्रम हो । युवापुस्ताको बलशाली कवि क्षेत्रीले एक दर्जन कविता सुनाएका थिए  । फर्क […]

रहेनन् कवि नीराजन पन्त

देवघाटधाम, ५ माघ । पूर्वीय दर्शन तथा नेपाली भाषा साहित्यका ज्ञाता तथा नेपाली कविताका कुशल शिल्पकार नीराजन पन्तको शुक्रबार बिहान १०:१५ बजे निधन भएको छ । विगत ३ वर्षदेखि क्यान्सर रोगसँग लढ्दै रहेका पन्तको देवघाटस्थित निवासमा निधन भएको हो । वि. सं. २०४० असार २१ गते लमजुङको साविक उदीपुर गाविस खत्रीचौरमा पिता वेदराज पन्त तथा […]

पदमपोखरीमा अस्पताल उद्घाटन

मकवानपुर, ५ माघ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर- १३ पदमपोखरीमा अस्पताल उद्घाटन भएको छ । चिकित्सक डाक्टरको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले नगरस्तरको अस्पतालको सुरुवात गरेको हो । हेटौंडा १३ र १६ मा अस्पताको सुविधासहित स्थानीयलाई स्वास्थ्य सेवा दिने क्रममा शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले अस्पतालको उद्घाटन गरेकी हुन् […]

पत्रकारहरुले आफूलाई तिखार्न जरुरी

मकवानपुर, ५ माघ । मकवानपुरकाे हेटौंडामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता-चुनौती र सम्भावना’ विषयक दुइदिने कार्यशाला सुरु भएको छ । प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा सुरु कार्यशालाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै समयसापेक्ष रुपमा पत्रकारहरुले आफूलाई तिखार्न जरुरी रहेको बताए । ‘पहिले एउटा समाचार सुन्नका लागि दुई दिन लाग्ने भएपनि अहिले डिजिटल […]

हेटौंडामा सञ्चारकर्मीका अधिकार, चुनौती र समाधान विषयक कार्यशाला

मकवानपुर, ५ माघ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले लाेकतन्त्रमा मात्रै पत्रकारिता फस्टाउन सक्ने बताएका छन् । प्रेस युनियन मकवानपुरको आयोजनामा हेटौंडामा भएकाे सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधान विषयक कार्यशाला गोष्ठीमा उनले यस्ताे बताएका हुन् ।  प्रदेश सरकारका प्रवक्ता समेत रहेका श्रेष्ठले ‘निरंकुश शासन व्यवस्थामा नेपाली पत्रकारिता फस्टाउन नसक्के बताए । […]

पेस्ताेलसहित २ जनालाई नियन्त्रणमा

मकवानपुर, ५ माघ । मकवानपुर प्रहरीले पेस्ताेलसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हिमाली नगरपालिका- १ बाजुरा बस्ने ३१ वर्षीय देवबहादुर थापा तथा कावासोती नगरपालिका- ५ नवलपरासी बस्ने ५७ वर्षीय वीरबहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको यात्रु बाहक बसलाई हेटौंडा- १५ स्थित […]

लागुऔषधसहित २ जनालाई नियन्त्रणमा

मकवानपुर, ५ माघ । मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । शुक्रबार बिहान ९ बजे हेटौंडा १५ राताेमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे । हेटौंडा १५ रातोमाटेस्थित पूर्वपश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिरगंजबाट हेटौंडातर्फ जादै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नम्बरको ईलोक्ट्रोनिक गाडी जाँच गर्दा व्यास नगरपालिका ६ बस्ने ३२ वर्षीय बम […]

अनेमसंघ नवलपुरद्धारा जिल्लास्तरीय प्रशिक्षण

देवचुली, ५ माघ । अखिल नेपाल महिला संघ (अनेमसंघ) अनेमसंघले जिल्ला तथा पालिकामा नेतृत्व गर्ने महिलाहरुलाई प्रशिक्षण दिएको छ । बुधबार र बिहीबार देवचुली नगरपालिकाको पिप्रहर सामुदायिक होमस्टे ग्राममा दुई दिनको जिल्लास्तरीय प्रशिक्षण गरिएको हो । प्रशिक्षणपश्चात अनेमसंघद्वारा जिल्ला, नगरपालिका र वडामा प्रशिक्षण कार्यक्रम गर्नका लागि नेतृत्वमा रहेका पालिकाका प्रतिनिधिसहित जिल्ला कमिटीका सबैजनालाई प्रशिक्षण गरिएको […]

निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

भरतपुर, ५ माघ । चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो । तीमध्ये एउटा जिपलाई ट्राफिक प्रहरीले […]