नमुना संयुक्त रास्ट्रसंघको तयारीमा गैंडाकोट इङ्लिस स्कुल

गैंडाकोट, ५ माघ ।
गैंडाकोट इङ्लिस स्कुलमा यहि माघ १२ र १३ गते नमुना संयुक्त रास्ट्रसंघको पाचौ संस्करणको कायक्रम आयोजना हुने भएको छ । सो प्रयोजनका लागि गत पुस १७ गते अभिमुखिकरण कार्यक्रम तथा पुस २६ गते कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।

युथ थिन्कर्स सोसाइटी चितवन शाखाले बिगत पाँच वर्षदेखि गर्दै आएको उक्त कार्यक्रममा कक्षा सात देखि नौसम्मका ८१ जना विद्यार्थीहरु सहभागी हुनेछन् ।

विद्यार्थीहरुलाइ विश्व स्वास्थ संगठन, संयुक्त रास्ट्रसंघीय वातावरण कार्यक्रम तथा संयुक्त रास्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन गरी तीन फरक कमिटिमा समावेश गरिएको छ ।

विद्यार्थीहरु विभिन्न देशका प्रतिनिधिका रुपमा सरिक भइ विभिन्न एजेन्डा उपर छलफल गराइ समाधान खोज्न लगाइने आयोजक संस्था युथ थिन्कर्स सोसाइटी चितवन शाखाकी कोषाध्यक्ष प्रकृति भट्टराईले बताए । संयुक्त रास्ट्रसंघको नक्कल भएकाले यस कार्यक्रमबाट विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान समेत हासिल गर्नेछन् ।

प्रयोगात्मक सिकाइलाई प्राथमिकतामा राख्दै आएको गैंडाकोट इङ्लिस स्कुलले यस कार्यक्रमबाट सानै उमेरबाट विद्यार्थीहरुले आफू वरिपरी भएका समस्या पहिचान गरि समाधान खोज्ने, नेतृत्व कला, वाककला, सिर्जनात्मक क्षमता, बादबिबाद तथा समूहकार्यको राम्रो अभ्यास हुने विद्यालयका प्राचार्य हीरालाल अर्यालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट