अनेमसंघ नवलपुरद्धारा जिल्लास्तरीय प्रशिक्षण

देवचुली, ५ माघ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) अनेमसंघले जिल्ला तथा पालिकामा नेतृत्व गर्ने महिलाहरुलाई प्रशिक्षण दिएको छ । बुधबार र बिहीबार देवचुली नगरपालिकाको पिप्रहर सामुदायिक होमस्टे ग्राममा दुई दिनको जिल्लास्तरीय प्रशिक्षण गरिएको हो ।

प्रशिक्षणपश्चात अनेमसंघद्वारा जिल्ला, नगरपालिका र वडामा प्रशिक्षण कार्यक्रम गर्नका लागि नेतृत्वमा रहेका पालिकाका प्रतिनिधिसहित जिल्ला कमिटीका सबैजनालाई प्रशिक्षण गरिएको अनेमसंघ नवलपुरका अध्यक्ष कोपिला पौडेल जानकारी दिइन् । सांगठनिक पद्धति, संगठन विस्तार, पार्टीको नीति तथा कार्यक्रम, आर्थिक सशक्तीकरण र उत्पादनमा महिला बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिएको उनले बताइन् ।

प्रशिक्षण कार्यक्रममा महिला नेतृत्व र विकास,अनेमसंघको ईतिहास, आन्दोलन र उपलब्धि, अनेमसंघको नीति थथा कार्यक्रम, पार्टीको दशौं महाधिवेशन र कार्यदिशा, आर्थिक सशक्तीकरण र उत्पादनमा महिला, बैठक संचालन र माइन्युट लेखन, अनेमसंघ संगठन निर्माण र परिचालनलगायतका विषयवस्तुमा प्रशिक्षण गरिएको हो । अनेमसंघ केन्द्रीय कमिटी अध्यक्ष टुका भद्रा हमाल, उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य मनाकुमारी केसी र तिलक महत, अनेमसंघ केन्द्रीय सदस्य तथा नवलपुर इन्चार्ज सीता पंगेनी, अनेमसंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरीलगायतले प्रशिक्षण दिएका थिए ।

अनेमसंघ नवलपुरका अध्यक्ष कोपिला पौडेलको अध्यक्षता भएको प्रशिक्षण कार्यक्रममा अनेमसंघका केन्द्रीय अध्यक्ष टुका भद्रा हमालको प्रमुख आतिथ्य रहेको थियो । प्रशिक्षणमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु मनाकुमारी केसी, तिलक महत, कृष्ण पौडेल, एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डे, अनेमसंघ केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेललगायत आनेमसंघको केन्द्रीय, प्रदेश, जिल्ला र पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट