भरतपुर , १० मंसिर
सुखले बाच्नेकी डरमा बाच्ने भन्ने कुरामा बिचार गनुपर्नै नेपाली काग्रेस क्षेत्र नं २ का उम्मेदवार एवं शिक्षा राज्यमन्त्रि शेषनाथ अधिकारी बताउनुभएको छ । सुखले बाच्नका लागि यत्रो सर्घषले ल्याएको लोकतन्त्रलाई पुनः अधिनायकबादीको कब्जामा जान दिन नहुने बताउनु भयो । काँग्रेस चितवनले आज भरतपुर महानगरपालिका वडा नम्बर २९ कबिलासमा आयोजना गरेको घरदैलो तथा चुनाबि सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेस परिर्बतनको संम्बाहक रहेको बताउनु भयो ।
अहिलेको निर्वाचनमा काँग्रेस ठूलो दल हुने भन्दै उहाँले बिकास र शानित सम्झौताको पालनाका लागि पनि काँग्रेस आबस्यक रहेको बताउनु भयो । जनताको अहिले चिन र उत्तर कोरियाको सासन देखेर कम्युनिजमलाई रुचाउन छाडेको उहाँले बताउनु भयो । बहुदलिय व्यवस्था पनि मान्छै भन्ने अनि साम्यबाद ल्याउछै भने बाम गठबन्धनको निर्णय नै जनता झुक्याउने भएको अधिकारीले बताउनु भयो ।
अहिले देशमा काँग्रेसको लहर देखेर बामपन्थिहरु अतालिएका छन् अब झन रुन्छन् उहाँले भन्नु भयो । बिकासमा सधै बाधक बन्ने नियत राखेकाहरुलाई अबको निर्वाचनले पाखा लगाउने उहाँले बताउनु भयो । यसका लागि जनताले रुख चिन्हमा मतदान गर्नु आबश्यक रहेको उहाँको भनाई थियो । सोहि क्रममा बिभिन्न पार्टी परित्याग गरि ३८ जना युवाहरु काँग्रेसमा प्रबेश गरेका थिए । नबप्रबेशीलाई राज्यमन्त्री अधिकारीले टिका लगाई पार्टी प्रबेश गराउनु भएको हो । सो अबसरमा बोल्दै नब प्रबेशीहरुले जनताको चाहना अनुसारको काम काँग्रेसले मात्र गर्ने बताउनु भयो ।





