चितवन १० मंसिर
नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ क का उम्मेदवार जितनारायण श्रेष्ठले नारायणगढ बजारमा भएका भौतिक संरचनाहरु भत्कििने गरी सडक बिस्तारको काम हुन नदिने बताउनु भएको छ । आज भरतपुरमा महानगरपालिका वडा नम्बर ३ मा आयोजित घरदैलो एबं चुनाबि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
जनताको चाहना र मर्म अनुसार काम गर्ने बताउँदै उहाले सडक बिस्तारको नाममा जनताले शास्ति पाउन नहुने बताउनु भयो । बिकास जनताको जिबन स्तर उकास्नका लागि हुनु पर्छ न कि जनतालाई दुख दिन होईन उहाँले भन्नु भयो ।
काँग्रेस सधै परिबर्तनको पक्षमा रहेको बताउँदै श्रेष्ठले कम्युनिष्टहरु परिबर्तनको बिरोधि रहेको बताउनु भयो । कम्युनिजम एउटा मात्र सुत्र हो जसले जनतालाई सधै गरिबिमा राखेर उनिहरु माथि राजनिति गर्छ उहाँले भन्नु भयो । अहिलेको निर्वाचन लोकतन्त्र बादी र साम्याबादी बिचको प्रतिशप्रधा मात्रै नभई संबिधान कार्यान्वयन संगै दिगो ानित स्थापनाको रहेको उहाँले बताउनु भयो ।
काँग्रेस चितवनका सभापति समेत रहनु भएका श्रेष्ठले काँग्रेसले कहिल्यौ झुटको राजनिति नगरेको भन्दै बिकासका लागि काँग्रेसका उम्मेदवारहरुको बिजयी आबश्यक रहेको बताउनु भयो ।





